Awareness

Dhurkot

गुल्मेली संगम पाल्पाको दोस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न



सुमित्रा कंडेल
१० महिना अगाडि


Place for ads

पाल्पा: गुल्मेली संगम पाल्पाको दोस्रो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। गुल्मेली संगम पाल्पाले शनिबार तानसेनको श्रीनगरमा आफ्नो दोस्रो साधारण सभा एवं वनभोज कार्यक्रम गरेको हो।

Snow
Forest
Mountains

गुल्मी जिल्लामा जन्मघर भई विभिन्न काम र व्यवसायको सिलसिलामा पाल्पामा बस्दै आएका गुल्मेली दाजुभाई तथा चेलीबेटीहरु संगको मैत्रीपुर्ण सम्बन्ध कायम राख्न र एक अर्कामा सद्भावपुर्ण भावना श्रृजना गर्ने उद्देश्यले २०७२ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय पाल्पामा विधान दर्ता गरि सुचारु गरिएको यस संगमले बेला-बेलामा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने गरेको छ। गुल्मीबाट जागिरको सिलसिलामा पाल्पामा आउने र पाल्पाबाट सरुवा भई अन्य जिल्ला जाने गुल्मेली व्यक्तित्वलाई स्वागत एवं बिदाई गर्ने जस्ता कार्य गर्दै आइरहेको छ।

यसै अवसरमा संगमले तानसेन न.पा.-१, भुसलडाँडा निवासी रिता सोमैको माघ १२ गते असामयिक निधन भएको र वहाँको घरायसी आर्थिक अवस्था निकै कमजोर भएकोले वहाँको पार्थिव शरूरको अन्त्यष्टीका लागि नगद दशहजार पैंसठ्ठी रुपैयाँ प्रदान गरेको छ।

गुल्मेली संगमका संस्थापक अध्यक्ष भेषराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगमका सचिव गंगा बहादुर खत्रीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष गुणाराम खनालले आर्थिक प्रतिवेदन र अध्यक्ष पुन्य प्रसाद सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो। पेश भएका प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

उपाध्यक्ष डासुराम पन्थको स्वागतबाट सुरु भएको कार्यक्रम सचिव गंगावहादुर खत्रीको संचालनमा चलेको हो। यो संस्था विगत ८ वर्ष देखि सक्रिय रहि विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →