Clean Water Campaign

Awareness Campaign

रेसुङ्गामा पौवा रिसोर्टका पक्षमा निकै कड्किए सांसद भुसाल



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: रेसुङ्गाको प्रशिद्ध धार्मिक क्षेत्र भित्र नेपाल सरकारले धर्मशालाका लागि करोडौँ खर्चेर बनाई दिएको भवनमा मासु र मदिरा सहितको होटल पौवालाई रिसोर्ट खोल्न दिएको यहाँका सरोकारवालाले विरोध जनाए पछि लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसाल शनिबारको एक कार्यक्रममा निकै कड्किए।

यस अघि आफू रेसुङ्गा नगरपालिकाको मेयर छदा पौवालाई कौडाको खेल जस्तै गरि रिसोर्ट संचालन गर्न दिएका भुसालले शनिबार गुल्मी उधोग वाणिज्य संघको ३२ औ साधरण सभामा पौवा रिसोर्टको बचाउ गर्दै निकै कड्किएका हुन।

म मेयर छदा रेसुङ्गाको पर्यटन विकासका लागि होटल लागीलाई उति बेला सर्वपक्षीय सहमती कायम गरेर दिएको हु । अहिले आएर बिरोधका स्वरहरु सुनिएका छन। अहिले विरोध गर्ने मध्येको रेसुङ्गा संरक्षण समितिले उति बेला के हेरेर बसेको थियो? उनले यस्तो प्रतिप्रश्न गरे।

Forest
Forest
Ad.

उनले सदरमुकाम तम्घासका केही होटल ब्यसायहरुले रेसुङ्गाको पौवा होटेल चलेको देखेर उसलाई निकाल्न पाए आफ्नो ब्यसाय फस्टाउथ्यो भनेर विरोधका स्वरहरु बाहिर ल्याएको समेत आरोप लगाए।

उनले रेसुङ्गामा बनेको धर्मशालाको सरकारी भवनलाई पौवालाई रिसोर्टका लागि सहि थियो भन्ने दाविका लागि निकै समय खर्च त गरे तर चार बर्ष सम्म उसलाई निशुल्क संचालन गर्न दिने र त्यस बापद उसले त्यस अबधिमा १० करोड सम्म खर्चेर त्यस एक तले भवन तीन तले बनाई दिनु पर्ने नगरपालिका सङ्ग गरिएको सम्झौताको कुरै उठाएनन।

उनले भन्न सक्नु पर्दथ्यो कि त्यो भवन पौवालाई दिनु ठिक थियो तर उसले सहमतिको पालना गरेन, जुन यथासिघ्र गर्नु पर्दछ।

के छ सम्झौतामा?
२०७६ कार्तिक १ गते पहिलो पक्ष रेसुङ्गा नगरपालिका र दोश्रो पक्ष होटल पौवा बिच भएको सम्झौतापत्रमा त्यस मितिको ४ बर्ष सम्म निशुल्क रिसोर्ट संचालन गर्न पाउने , त्यस अबधिमा एक तले भवनलाई तीन तले बनाउने उल्लेख छ।

Awareness by SKF

तर दोस्रो पक्षले गत कार्तिक १ गते चार बर्ष पूरा हुदा पनि उहीँ एक तले मै आफ्नो कारोबार संचालन गरेको छ । २५ बर्षका लागि लिजमा दिईएकोमा पहिलो चार बर्ष सम्म निशुल्क र क्रमश पाँचबर्ष बार्षिक जम्मा ५० हजार , दोश्रो पाँच बर्ष बार्षिक ७५ हजार , तेश्रो पाँच बर्ष बार्षीक एक लाख र अर्को पाँच बर्ष पनि उहीँ बार्षिक एक लाख भाडा बुझाई २१०१ सालमा नगरपालिकालाई त्यो भवन हस्तान्तरण गर्ने सम्झौता गरिएको छ । तर होटल पौवाले पहिलो सम्झौता नै पालना नगरे पछि दागमा कुछ कालाको आशंका गर्दै सरोकारवालाले यो बिषय उठाएर यति बेला आम बहसको विषय बनेको हो।

   

यस बहसमा रेसुङ्गा धार्मिक र राष्ट्रिय बन संरक्षित क्षेत्रमा निजि क्षेत्रलाई धर्मिक सास्कृतिक असर पर्ने गरि माम्सजन्य र मदिराजन्य होटल राख्नै दिन हुन्न र होटल पौवालाई स्थानतरन गरिनु पर्छ भन्ने जनमत छ भने अर्को जनमत होट्ल पौवालाई त्यहाँ राख्दा पर्यटकहरु बढेका छ्न र रेसुङ्गाको विकासमा कोशेढुङ्गा सावित हुने अर्को जनमत छ। व्यावहारिक रुपले यो जनमत ठिक पनि देखिन्छ तर कानुनी रुपले अर्को जनमतलाई बल दिएको छ।

हाल रुपन्देही जिल्ला बन डिभिजन कार्यालयको प्रमुख र त्यति बेला गुल्मीको प्रमुख रहेका प्रभात सापकोटा भन्छ्न हामीले उति बेलै त्यो धार्मिक र राष्ट्रिय बन संरक्षित क्षेत्रमा निजि क्षेत्रलाई भाडामा दिनै मिल्दैन भनेका थियौ । त्यस विरुद्ध अख्तियारमा मुद्दा  परेर उसले सो पनि हामीले त्यही जवाफ दिएका थियौ । यदि त्यसरि दिनै परे संघिय सरकारको मन्त्री परिषदले निर्णय गराउनु पर्छ । उसले सक्छ उ बाहेक स्थानीय तह र प्रदेशले समेत सक्दैन त्यो बिल्कुल ग्रैह कानुनी हो उनले थपे त्यही भएर पौवाले रिसोर्टको उद्घाटन गर्दा बोलाउदा पनि हाम्रो कार्यालय बाट कोहि पनि नगएका हौ । रेशुङ्गा संरक्षण समितिले होटल पौवालाई त्यहाँबाट स्थानान्तरण गर्न माग गरेको छ। यस विषयमा रेसुङ्गाका वर्तमान मेयर खिलध्वज पन्थीले मुख खोलेका छैनन।

भालुको रिस खनिया माथि
रेसुङ्गामा पौवा बसेको विरोध गर्नेहरुबाट रिसले चुर भएका भुसालले भालुको रिस खनिया माथि भन्ने उखान झैँ उहाँले केही दिन अघि उपल्लो तम्घासमा गुल्मी महोत्सव आयोजना गर्नेहरु विरुद्ध रिस पोखे।

महोत्सव राखेर बाहिरका व्यापारीहरु मार्फत कमसल सामग्री भित्राएर तम्घासका व्यापारीहरुको ढाड मस्काउने काम भएको उनले आरोप लगाए।

आफ्नै भतिजा नवराज भुसाल अध्यक्ष रहेको गुल्मी उद्योग संघ विरुद्ध कडा रुपमा उत्रिएका काका भुसालले गुल्मी महोत्सव राखेर ब्रम्हालुट गरेको अर्को आरोप पनि थोपरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गा पाण्डे, वाणिज्य संघ बलेटक्सार शाखाका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। संघले साधारण सभाको अवसरमा उत्कृष्ट तीन कृषि उद्यमी इस्माका गोकर्ण नेपाली, धुर्कोटका रविन्द्र घिमिरे र मदाने-३ का प्रेम अर्याललाई सम्मान गरिएको थियो। संघका अध्यक्ष ईश्वरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामप्रसाद पन्थीको स्वागत मन्तव्य र महासचिव ईश्वरी बेलबासेको संचालन रहेको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →