Smoking Causes Cancer

गुल्मीबाट सुन्तला लिएर जाँदै गरेको जिप पाल्पामा दुर्घटना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पाको तानसेन नगरपालिका-१, गोर्खेकोटमा सुन्तला बोकेको जिप गाडी दुर्घटना भएको छ।

आज बिहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बाग्मती प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो।

जिपमा चालक र सह चालक मात्र सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ । सुन्तलाहरु यत्रतत्र छरिएका छन।

सिंचाई
Forest
Ad.

दुर्घटना के कारणले भएको सो बारे भने खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो