Clean Water Campaign

Awareness Campaign

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते



रमेश विश्वकर्मा
२ वर्ष अगाडि


Awareness

Place for ads

रमेश विश्वकर्मा, गुल्मी: गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ। जिल्लाको इस्मा गाउँपालिका-६, अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते हुनुभएको हो ।

घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ । घाइतेको अवस्था मध्यम बोल्न सक्ने रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो