Smoking Causes Cancer

पत्रकार मोहन बस्नेतद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा प्रदान



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीका चर्चित पत्रकार तथा युट्युबर मोहन बस्नेतले विवाहको खर्च कटाएर उपल्लो तम्घास माध्यमिक विद्यालय, तम्घासमा अध्ययनरत २७ जना बहिरा तथा सुस्तमनस्थिति भएका विद्यार्थीहरुलाई आज न्यानो कपडा कपडा प्रदान गरेका छन।

गत मंसिर १३ गते उनी र सरु आचार्य विवाह बन्धनमा बाँधिएका थिए। कुनै तडकभडक बिना विवाह सम्पन्न गरेका उनले उक्त रकम समाजसेवा र परोपकारमा खर्चिने बताए। उनकै पहलमा यही पुष १४ गते भाँडगाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरको आयोजना पनि हुँदैछ।

सिंचाई
Forest
Ad.

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु, नसा तथा हाडजोर्नी र मनोरोग विशेषज्ञ चिकित्सकले सेवा दिने पनि उनले बताए। शिविरमा आवश्यकता अनुसार निःशुल्क इसिजी, रगत परिक्षण, भिडियो एक्सरे सेवा पनि रहनेछ।

‘स्वस्थ तन, स्वस्थ मन: तपाईंको आशिर्वाद, हाम्रो मिलन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको शिविरमा स्वास्थ्य सेवा लिई मौकाको फाइदा लिनुहुन उनको आग्रह छ।

उनको यस कार्यको सबैले प्रशंसा गरेका छन्। समाजमा ख्यातिप्राप्त व्यक्तिको यस किसिमको कार्यले सकारात्मक सन्देश प्रवाह गरेको छ। यो उदाहरणीय साथै अनुकरणीय पनि रहेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो