Awareness Campaign

लियो क्लबको न्यानो लुगा वितरण अभियान जारी, हिजो कुर्घा नि.मा.वि.का १६ विद्यार्थीलाई स्वेटर वितरण



भुवन काफ्ले
१ वर्ष अगाडि


Place for ads

मुसिकोट: लियो क्लब अफ गुल्मी सालिमेले न्यानो लुगा वितरण अभियानलाई जारी राखेको छ। सोही अभियान अन्तर्गत आइतबार क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी मुसिकोट नगरपालिका-६, कुर्घामा रहेको कुर्घा निमाविमा रहेका १६ जना विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको छ।

क्लबले नेपालीहरूको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिकामा न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो।

जाडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस भन्ने उद्देश्यले क्लबले गत बर्ष देखि यो अभियान सुरु गरेको बताएको छ। साथै क्लबले यो अभियानलाई निरन्तर जारी राख्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो डिस्ट्रिक ३२५ M का अध्यक्ष अस्विन खतिवडाले लियो क्लब सामाजिक सेवा गर्ने उद्देश्य लिएका १२ बर्षदेखि ३० बर्षसम्मका युवाहरूको सङ्गठन रहेको प्रष्ट पार्नुभयो। साथै उहाँले क्लबलाई विदेशबाट डलर आउछ भन्ने भ्रम रहेकाले यस्तो भ्रममा नरहन अनुरोध गर्दै लियो क्लब अफ गुल्मी सालिमेले आजसम्म गरेका कामहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो गर्न सुझाव दिनुभयो।

त्यास्तै कुर्घा निमाविका प्रधानाध्यापक मोती प्रसाद शर्माले क्लबले न्यानो लुगा वितरण अभियानमा आफ्नो विद्यालयलाई छनोट गरेकोमा क्लबलाई आभार व्यक्त गर्दै क्लबले गरेका कामहरूको प्रशंसा गर्नुभयो।

क्लबको आयोजनामा मुसिकोट नगरपालिका-६, कुर्घामा रहेको श्री कुर्घा निमाबिको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लियो डिस्ट्रिक ३२५ M का अध्यक्ष अस्विन खतिवडाको प्रमुख आतिथ्यता, लायन्स विष्णु कुँवर र श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रका प्रमुख अनिशा आचार्य, विद्यालयकी प्रधानाध्यापक मोती प्रसाद शर्मा, लियो क्लब अफ गुल्मी सालिमेका संस्थापक अध्यक्ष पुजन सापकोटा, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो।

क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेको स्वागत मन्तव्य सङ्गै सुरु स्वेटर वितरण कार्यक्रमको सञ्चालन सचिव शुसान्त शाक्यले गर्नुभएको थियो भने शिक्षक चिन्तामणी चालिसेले क्लब र विद्यालय बिच समन्वय गर्नुभएको थियो।

Awareness by SKF

क्लबले डिसेम्बर ५ मा ६६ औ अन्तराष्ट्रिय लियो दिवसका दिनदेखि यस बर्षको न्यानो लुगा वितरण अभियान सुरु गरेको थियो । यस अभियान अन्तर्गत क्लबले श्री कृष्ण नारायण प्राथमिक विद्यालय, मुसिकोट-७ र खड्कदेवी प्राथमिक विद्यालय, मुसिकोट-८ मा स्वेटर वितरण गरिसकेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो