Clean Water Campaign

Awareness Campaign

सवारीसाधनमा ‘जाऊँ हिँड रेसुङ्गा अभियान’को स्टिकर



रमेश विश्वकर्मा
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीबाट छुट्ने लामो वा छोटो दूरिका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको स्टिकर टाँस गरिएको छ । रेसुङ्गा नगरपालिकाले घोषणा गरेको “जाऊँ हिँड रेसुङ्गा” अभियानलाई व्यापक बनाउनका लागि स्टिकरको अनावरणसँगै जिल्लाभर र बाहिर जाने सवारीसाधनमा समेत टाँस गरिने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो।

नगरप्रमुख पन्थीले गुल्मीदेखि काठमाडौं जाने कामना बस, हाइस र जिप लगायतका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको लोगोको स्टिकर टाँस गर्नुहुँदै यो अभियानको प्रचारप्रसारसँगै गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा पर्यटन आवागमनका लागि टेवा पुग्ने आशा गरेको उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायी सुदर्शन खनालले यस जिल्लामा पर्यटनको अपार सम्भावना रहेको भन्दै “जाऊँ हिँड रेसुङ्गा” अभियानलाई उचाई दिनका लागि सवारीसाधनमा स्टिकर लगाएर प्रचारप्रसारलाई बल पुर्‍याएको बताउनुभयो । जिल्लामा पर्यटन पूर्वाधारहरु पनि निर्माण भइरहेकाले अब लगानी र पर्यटन प्रवर्द्धनमा सबै पक्षले जोड दिनुपर्ने भन्दै पर्यटन पनि समुन्नतिको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।

सिंचाई
Forest
Ad.

रेसुङ्गा नगरपालिकाले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यो अभियानको शुभारम्भ गरेको हो । चालू आर्थिक वर्ष २०८०/०८१ मा करिब एक लाख पर्यटकहरूलाई रेसुङ्गामा भित्र्याउने नगरपालिकाको योजना छ । पछिल्ला दिनहरुमा रेसुङ्गा आउँने पर्यटनको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो