Clean Water Campaign

Awareness Campaign

सशस्त्र प्रहरी बल गुल्मीले मनायो दशौँ स्थापना दिवस



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सशस्त्र प्रहरी बल, नेपाल नं–३७ गुल्म हेडक्वाटर गुल्मीको दशौ स्थापना दिवस मनाइएको छ । बिहीवार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं-५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले स्थापना दिवसको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले जनताको मन जितेर काम गर्न आग्रह गरे ।

उनले ब्याबसायिक आचारणलाई ख्याल गर्दै सरकारले दिएको म्यान्डेट र जिल्लाको बिपद, दुर्घटना तथा शान्ति सुरक्षाको क्षेत्रमा काम गर्न खत्रीले निर्देशन दिए । साथै उनले खेल र कार्यसम्पादनमा उत्कृष्ट हुने कर्मचारीलाई बधाई ज्ञापन गरे ।

सिंचाई
Forest
Ad.

स्थापना दिवसको अवसरमा २ माइल दौडमा प्रथम हुने सशस्त्र प्रहरी हवल्दार तुल्सी प्रसाद श्रीस र हाजिर जवाफमा प्रथम हुने सशस्त्र प्रहरी सहायक हवल्दारहरु कृष्ण बहादुर हमाल, भिमलाल ज्ञवाली र सशस्त्र प्रहरी जवान चादनी गाहा मगरलाई प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले पुरस्कृत गरे ।

त्यस्तै उत्कृष्ट सशस्त्र कर्मचारी सशस्त्र प्रहरी नायब निरीक्षक खड्गसिह पेमि, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार जिवन खत्री र सहायक हवल्दार पर्वत घर्ति रोका, परिचर मनोज कुमार ठाकुरलाई पनि खत्रीले पुरस्कार प्रदान गरेका थिए । साथै अमर सशस्त्र प्रहरीको परिवार र अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्जिव कार्कीले जानकारी दिए।

त्यस्तै स्थापना दिवसका अवसरमा रेसुङ्गा नगरपालिका विभिन्न मन्दिर र सार्वजनिक स्थानमा रसरसफाई समेत गरिएको कार्कीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसिसहित सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित कार्यालय प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →