Awareness

Dhurkot

आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा गुरुङ दम्पतीद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण



टोपलाल अर्याल
१२ महिना अगाडि


Place for ads

गुल्मी: पछिल्लो समय विवाह, जन्मोत्सव र विवाह उत्सव लगायतको बहानामा होटलहरुमा लाखौँ खर्च गर्ने प्रवृति बढिरहेको छ। तर, एक दम्पतीले ८० जना विपन्न विद्यार्थीको जाडो छेकेर ४० औँ विवाह बर्षगाँठ मनाएका छन्।

Snow
Forest
Mountains

रुपन्देहीको सिद्धार्थ नगरपालिका-१२ का अमृतमान गुरुङ्ग र श्रीमती शारदा गुरुङ्गले गुल्मीको छत्रकोट गाउपालिका-१, हुँगा स्थित देविस्थान आधारभुत विद्यालयका विपन्न वर्गका साना बालबालिकालाई ८० थान ट्र्याक्सुट प्रदान गरेका हुन।

ब्रिटिस वेलफेयर गुल्मीका प्रमुख गम बहादुर थापाको समन्वयमा गुरुङ्ग दम्पतीले सहयोग गर्दै आएका छन् । गुरुङ्ग परिवार लामो समयदेखि बेलायतमा बस्दै आएको छ। गत बर्ष बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपलिका-३ को याङ्ग्म्याङ्ग स्कुलका विद्यार्थीहरुलाई पनि दम्पतीले स्कुल ड्रेस प्रदान गरेका थिए ।

देबिस्थान आधारभुत बिद्यालय छत्रकोट गाउपालिका-१ हुँगाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु बहादुर गाहाले जिल्ला बाहिरको नागरिकले देश बाहिरबाट गरेको सहयोगले निकै उत्साहित भएको बताए। उनले अधिकांश दलित र गरिब परिवारका छोराछोरीले जाडोमा कष्ट खेपिरहेको अवस्थामा गुरुङ्ग दम्पतीले बिबाहउत्सवको खुुसी ती बालबालिकासम्म पुराएर पुण्य प्राप्त गरेको गाहाले प्रतिक्रिया दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →