Smoking Causes Cancer

गुल्मीमा केही दिन देखि हराइरहेका बालक जंगलमा मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा १० दिनदेखि हराइरहेका बालक जंगलमा मृत फेला परेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका-३, हर्राचौरका ६ वर्षिय बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ।

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए। मृत फेला परेका बालकको शव केहि भाग जंगली जनावरले खाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यो पनि: गुल्मी हर्राचौरका पाँच बर्षिय बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

सिंचाई
Forest
Ad.

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेको कमाण्डमा टोली घटनास्थल तर्फ लागेको छ। घटनाको स्थलगत अवस्था हेरे पश्चात मात्रै कारण खुल्ने डिएसपी पाण्डेले बताउनुभयो।

बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ। बालक दृष्टिविहिन रहेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो