Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी हर्राचौरका पाँच बर्षिय बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सावित्रा पौडेल, गुल्मी: गुल्मीका एक पाँच बर्षिय बालक हराएका छन। जिल्लाको चन्द्रकोट गाउँपालिका-३, हर्राचौरका पाँच बर्षिय बालक ईश्वर खत्री यही मंसिर २२ गते बिहान आफ्नै घरबाट हराएको बेपत्ता बालकको परिवारले जनाएको छ।

बेपत्ता बालककी आमा रम्बा थापाका अनुसार उनी शुक्रबार दिउँसो करिब २ बजेसम्म घरमै रहेको र त्यसपछि एक्कासी छोरो हराएको बताउनुभयो।

घटना थाहा पाउने बित्तिकै जिल्ला सुरक्षा समिति सहित गाउँपालिका अध्यक्ष युवराज केसी, ३ नं. वडाका वडा अध्यक्ष डिल्लिराज सुवेदी लगायतको टिम शनिबार अनुगमन गरेको गुल्मीका प्रहरी उपरिक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

प्रहरी उपरिक्षक प्रधानका अनुसार उनको अहिले पनि निरन्तर खोजी भईरहेको छ। गुल्मी सहित बाँकी ७६ जिल्लामै बेपत्ता बालक हराएको परीपत्र गरिएको जानकारी दिनुभयो।

उनको घर नजिकै चप्पल फेला परेको र अहिलेसम्म अरु कुनै जानकारी प्राप्त नभएकोले खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो