Awareness

Dhurkot

पाल्पाको तानसेनमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न



सुमित्रा कंडेल
१२ महिना अगाडि


Place for ads

पाल्पा: तानसेन न.पा.-९, दमकडा स्थित दमकडा नमुना माध्यमिक विद्यालयमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ।

Snow
Forest
Mountains

सोही कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम’ सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो। उहाँले जस्तोसुकै काम गरे पनि आलोचना हुने बताउदै समानता भन्दा पनि समतामा ध्यान दिनुपर्ने बताउनुभयो। पछिल्लो समय मानसिक हिंसा बढेको बताउदै पुरुष माथि हुने हिंसा पनि बढिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा तानसेन नगरँपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले बजेट र नीति निर्माणमा महिलाको अर्थपूर्ण सहभागी बनाउदै आएको बताउदै वडा तहबाट नै लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रमलाई निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो।

तानसेन नगरपालिका वडा नं. ९ का वडा सदस्य यम कुमारी वौडेलले प्रायः जसो घरभित्र हुने हिंसा महिलाबाट महिलामाथी हुँदै आएको बताउनुभयो। उहाँहरुले गाउँपालिकाले महिला हिंसा न्यूनीकरणका लागि महिलालाइ आर्थिक रुपमा बलियो बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रहरी निरीक्षक श्रीराम भट्टले कार्यक्रममा हिंसाका प्रकार, हिंसा हुने कारण, प्रहरीसम्म पुग्ने प्रक्रिया, कानुनी प्रावधान तथा व्यवस्था लगायतका विषयमा जानकारी दिनुभयो। पाल्पामा सबैभन्दा बढी घरेलु हिंसा र जवरजस्ती करणीका घटना दर्ता भएको जानकारी दिनुभयो।

Awareness by SKF

यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्वता “ भन्ने नाराका साथ नोभेम्बर २५ देखि सुरु भएको थियो।

कार्यक्रम जनप्रतिनिधि, स्वयंसेविका, शिक्षक र विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →