गुल्मी: लियो क्लब अफ गुल्मी सालिमेले मङ्गलबार डिसेम्बर ५ मा ६६ औँ अन्तरराष्ट्रिय लियो दिवस विद्यालयमा स्वेटर वितरण गरी मनाएको छ।
क्लबले सो अवसरमा देउसी भैलोबाट सङ्कलन भएको आर्थिक सहयोगबाट मुसिकोट नगरपालिका-७, परुवामा रहेको श्री कृष्ण नारायण प्राथमिक विद्यालयमा रहेका ८ जना विपन्न विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको र अन्य विद्यालयहरुमा पनि यसै गरि स्वेटर वितरण गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो।
क्लबले जाडो मौसममा न्यानो लुगाको कसैलाई पनि कमि नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको बताएको छ। साथै क्लबले गत वर्षमा जस्तै यस बर्ष पनि जाडो मौसममा न्यानो लुगा वितरण अभियान सञ्चालन गर्ने क्लबका प्रशासकीय प्रमुख विवेक काफ्लेले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स विष्णु कुँवरले लियो क्लब मुसिकोट नगरपालिकामा स्थापना भएको छोटो समयमै प्रशंसनीय कामहरू गर्दै आएको बताउनुभयो। त्यस्तै कुँवरले क्लबलाई आगामी दिनहरुमा पनि यसै गरी अगाडि बढ्न शुभकामना संगै क्लबलाई आफू पनि हरपल सहयोग गर्न तत्पर रहेको कुँवरले बताउनुभयो।
क्लबको आयोजनामा मुसिकोट नगरपालिका-७, परुवामा रहेको श्री कृष्ण नारायण प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लायन विष्णु कुँवर, विद्यालयकी प्रधानाध्यापक उश शर्मा, शिक्षक, कर्मचारी लगायत लियो सदस्यहरूको उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष भुगोल सापकोटाको अध्यक्षतामा सम्पन्न स्वेटर वितरण कार्यक्रमको सञ्चालन सचिव सुशान्त शाक्यले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |