Awareness Campaign

केपी ओलीद्वारा मुसिकोट नगरको प्रशासकीय भवन उद्घाटन



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलीले नगरको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

करिव सात बर्ष भाडाको घरबाट सेवाप्रबाह गरेको नगरले अहिले लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण गरेको छ । नगरको भवन नहुँदा बार्षिक नौ लाख ५८ हजार आठ सय भाडामा खर्च हुन्थ्यो । अहिले १८ रोपनी १४ आना क्षेत्रफलमा चार तल्ले भवनको दुई वटा मिटिङ्ग हल, एउटा सेमिनार हल, ३९ कोठा, ठुलो पार्किङ्ग क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुवंरले जानकारी दिए ।

Forest
Forest
Ad.

भवन निर्माणको लागि १५ करोड, ३० लाख, ६५ हजार, आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा आठ करोड ४८ लाख ११ हजार, चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माणको सम्झौता गरेको कुवंरले बताए । पहिलो सम्झौता अनुसार १७ पुस ०७९ मा काम सकिनुपर्ने भएपनि ३० पुस ०८० सम्म म्याद थप भएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुवंरका अनुसार भवन निर्माणको लागि स्थानीय लोक बहादुर पन्थले तीन रोपनी १२ आना, हरिलाल सापकोटा र सीता सापकोटाले तीन रोपनी छ आना, टीकाराम सापकोटाले दुई रोपनी, नरबहादुर काफ्लेले दुई रोपनी र शोभाखर सापकोटाले पाँच आना तीन पैसा गरेर ११ रोपनी १५ आना, दुई पैसा दुई दाम जग्गा प्राप्त भएको छ ।

भवनको लागि छ रोपनी, १५ आना जग्गा खरिद गरिएको छ । जग्गा खरिदको लागि नगरले ९० लाख २६ हजार रुपैयाँ खर्च गरेको कुवंरले बताए । कार्यक्रममा निर्माण ब्याबसायी हरि कुमार श्रेष्ठ र जग्गादाताहरुलाइ सम्मान गरिएको थियो ।

नगरप्रमुख जीवन खरेलले बिहिबारबाटनै जनताको सेवा नयाँ प्रशासकीय भवनबाट हुने बताए । उनले विभिन्न तहबाट भवन निर्माणमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →