Awareness

पश्चिम नेपालकै ठुलो मेला न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने



ओझेलका खबर संवाददाता
४ हप्ता अगाडि


Place for ads

गुल्मी: पौँदीवासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ। बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ।

न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो ।

Get Vaccinated

मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी भैलो, पुरुष छेलो,कुर्ची दौड, भाले छोपाईँ, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूणर् भलिबल लगायत राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष शर्माले बताउनुभयो।

यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो । यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष एवम् पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव बिष्णु प्रसाद आचार्यले बताउनुभयो।

यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । न्वागी पर्व बागलुङको बडीगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ।

Awareness by SKF

मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पीङ्ग लगायत गरि साना र ठूला व्यापारको विभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् । विशेष गरी मेलामा बढी मात्रमा फलफुल अन्तर्गत सुन्तला, होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ ।

परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् । कर्णाली राज्य टुक्रिएर १५ औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि त्यस क्षेत्रमा न्वागी खाने प्रचलन सुरु भएको कथन छ ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो