Awareness

दशैँमा जुनी फेर्दै गाउँका सडकहरु



सुमित्रा कंडेल
१ महिना अगाडि


Place for ads

सुमित्रा कंडेल: दशैँ तिहार जस्ता महान पर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु धमाधम मर्मत गर्न थालिएको छ। चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत गर्ने कार्यलाई तीव्रता दिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जानकारी दिनुभयो।

ग्रामीण स्तरका सडक मर्मत गर्ने कार्य भइरहेको भन्दा ग्रामीण स्तरका सडकहरु सफा र चिटिक्क हुने दाबी गर्नुभयो। बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत कार्य अगाडि बढाएको जानकारी दिनुभयो। दशैँ तिहार जस्ता पर्वहरु मनाउन गाउँमा आउनेको सङ्ख्या पनि बढी हुने र वर्षा पनि रोकिएकाले सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ।

Get Vaccinated

वर्षा रोकिए सङगै विग्रिएका सडकहरुलाई मर्मत तथा सफा गर्दा यात्रामा सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने आफूहरुले विश्वास लिएको पाठकले बताउनुभयो।

यस्तै रम्भा गाउँपालिकाले पालिका भित्रका सबै सडकहरु मर्मत गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो। केही दिन पहिले देखि सडक मर्मतका लागि डोजरहरु लगाइएको बताउँदै सडकहरु मर्मत गर्ने कार्यअन्तिम चरणमा पुगेको उहाँको भनाई छ।

रिब्दीकोट गाउँपालिकाले वडाबाट कार्यन्वयन हुने गरी बजेट विनीयोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो। माथागढी गाउपालिकाले पनी ग्रामीण सडकहरु मर्मत गरेको जनाएको छ।

जिल्लाका दुई नगर र ८ गाउँपालिका सहित १० स्थानीय तहहरुले ग्रामीण स्तरका सडकहरु मर्मत तथा सफा गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै आएका छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो