Awareness

Get Vaccinated

आज दोश्रो दिन पनि पाल्पामा सवारी दुर्घटना, ५ जना घाइते



सुमित्रा कंडेल
९ महिना अगाडि


Place for ads

सुमित्रा कंडेल, पाल्पा: हिजो घटनास्थलमै ६ जनाको मृत्यु हुने गरी सवारी दुर्घटना भएको पाल्पामा आज एकाबिहानै पनि सवारी दुर्घटना हुँदा एउटै टोलका ५ जना घाईते भएका छन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक सन्तोष चन्दले दिएको सुचना अनुसार आज बिहान ४.४५ बजेको समयमा आर्यभन्ज्याङ् बिरकोटबाट रमाईडाडा जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान रानिवन रिगैटी घुम्तीमा दुर्घटना हुँदा रम्भा गाउँपालिका-४ को एउटै टोल रमाईडाँडाका ५ जना युवा घाईते भएका हुन।

घाइते हुनेहरुमा २३ बर्षिय कृष्ण सारु, २७ वर्षिय नरेन्द्र दर्लामी, बर्ष २२ का दिलबहादुर कुँवर मगर, बर्ष १९ का मोहन सिंह दर्लामी र वर्ष १८ का सुरेश सारु रहेका छन।

घटनाको सुचना प्राप्त हुना साथ पुगेको ताहुँ प्रहरी चौकीबाट खटिएको प्रहरीले घाईतेहरुलाई उद्धार गरी तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा पठाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →