Awareness

Get Vaccinated

गुल्मीका व्यावसायिक कृषकको मुख्य समस्या कामदार अभाव र ब्याजदर बढी



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

सुमन महतारा गुल्मी: गुल्मीको जिल्ला समन्वय समितिकाे सभाहल तम्घासमा शुक्रबार आयोजना भएको मुख्यमन्त्री आर्थिक सुधार कार्यक्रममा उपस्थिति कृषक र व्यावसायिले अहिलेकाे मुख्य समस्या कामदार अभाव र ब्याजदर बढि भएको गुनासो गरेका छन्।

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयकाे आयोजनमा सञ्चालन भएको जिल्लामा सम्भाव्यता के छ र कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा सञ्चालन भएको सुझाव संकलन कार्यक्रममा अधिकांश कृषक,उद्योगी ,हाेटल व्यावसायिहरुले अहिलेकाे मुख्य समस्या कामदार अभाव र ब्याजदर बढि भएको गुनासो व्यक्त गरे।

सुझाव संकलन कार्यक्रममा धुर्काेट गाउँपालिका वडा नम्बर ५ बस्तुका कृषक रविन्द्र घिमिरेले कृषकलाई सस्तो व्याजदरमा रिण दिनुपर्ने बताएका छन् । उनले भैंसी पालन गर्ने गर्दछन।

दिनमा ७० देखि ८० लिटर दुध उत्पादन गर्ने गरेको बताए । आफुले उत्पादन गर्ने दुधकाे बजारिकरणमा समस्या नभएको तर कामदारको अभाव भएको बताएका छन् । उनले कृषकलाई कृषि एम्बुलेन्सकाे पनि आवस्क्ता रहेको पनि बताए ।

त्यस्तै इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा सेरामिक्स गर्दै आएका व्यावसायि पदम मुखियाले माटाे बाट उत्पादन हुने भाडाहरु उत्पादन गर्ने गरेको छन् । माटो बाट उत्पादन हुने भाडाहरुकाे बजारिकरणमा समस्या रहेको उनले बताए ।

उनले जिल्लामा जिल्ला बाहिरबाट माटाको भाडाहरु आउने तर जिल्लामा उत्पादन भएको भाडाहरु खपत नभएको व्याक्त गरे । यश बिषयमा गुल्मीका स्थानीय तहका अध्यक्षहरुले मुखियाले उत्पादन गर्ने स्थानीय तहका महत्त्व बाेकेका ठाउँहरु झल्किने सामाग्री उत्पादन गर्न आग्रह गरे र त्यसलाई लिने कुरा ब्यक्त गरेका छन।

त्यस्तै फर्निचर गर्दै आएका धुर्काेट गाउँपालिका वडा नम्बर ५ बस्तुका टिकाराम विकले आफुले ५०,६० जना व्याक्तिलाइ राेजगारि दिइदै आएको बताएका छन् । उनले कृषि क्षेत्रमा जस्ताे स्थानीय स्तरमा सञ्चालन भएका फर्निचरलाइ पनि अनुदान र रिण दिनुपर्ने बताए । विदेशबाट लिने काठहरु प्रतिबन्ध लगाउँनु पर्ने बताए।

Awareness by SKF

त्यस्तै च्याउ खेति गर्दै आएका छत्रकाेट गाउँपालिका वडा नम्बर ४ का कृष्ण प्रसाद कंडेले बासको टहरा बनाएर च्याउ खेति गर्दै आएको र यसबाट अलि समस्या भएको र हाइटेक टहराहरु निर्माण गरिदिनु हुन उनले आग्रह गरे। उनले च्याउ खेति र रेशम खेतिलाइ प्राथमिकता दिनुपर्ने र व्यावसायिक बनाउँन उनले आग्रह गरे।

त्यस्तै गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले बैंकको चर्का ब्याजदर घटाउनुपर्ने बताए । उनले देशमा बेरोजगार बढ्ने तर काम गर्ने मान्छे नपाइनु दुखद रहेको बताएका छन।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले लुम्बिनी प्रदेशले बादर नियन्त्रणकाे लागि कानुन निर्माण गरि लाग्नुपर्ने बताएका छन् । उनले बाँदर नियन्त्रण गरियाे भने बसाइँसराइ ५० प्रतिशत राेकेन बताएका छन्।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम हटाएको प्रति दुख्ख व्याक्त गरे । उनले स्थानीय तहका अधिकार खाेसिएकाे गुनासो गरे।

मुसिकाेट नगरपालिका मेयर जीवन खरेलले आर्थिक सुधार र आर्थिक विकासको कार्यक्रम निजि निकायलाई दिन नहुने बताए । उनले नागरिकको आर्थिक विकास र सुधारका लागि राज्यले नै यसकाे जिम्मेवारी लिनुपर्ने बताए।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले स्थानीय तहलाइ प्रदेशकाे बजेटहरु कार्यनयन गर्ने अधिकार दिनुपर्ने र प्रदेशले अनुगमन गर्नुपर्ने बताएका छन् । सिंहदरबारको अधिकार गाउँमा भन्ने तर स्थानीय तहमा हरेक समय बजेट कटाैति गर्दै जानू दुखद रहेको बताएका छन।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोण खत्रीले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रममा पैसाकाे मात्र बढाउनुपर्ने बताए ।उनले गुल्मीमा याे पहिला मुख्यमन्त्री सुधारको शिर्षकमा बजेट बढि भएको र अहिले यसकाे नाम परिवर्तन गरेर प्रदेश प्रमुख सुधार नाम राखेर काम थालनि गरेको तर बजेट कम भएको र यसको मात्र बढाउनुपर्ने उनले बताए । साथै उनले बजारिकरणका लागि प्रदेश सरकारले लगानि गर्नुपर्ने पनि बताएका छन।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय डिल्लीराज भुषालले स्थानीय तहसंग समन्वय गरि काम गर्ने बताए । जिल्लामा धेरै सम्भावना भएको गुल्मी जिल्लामा धेरै सम्भावना भएकाले त्यसको विकास गरेर रोजगारी सृजना गर्न सकिने भुसालले बताए। त्यसकाे सहि तरिकाले पहिचान गरि काम गर्नुपर्ने बताएका छन्।

सुझाव संकलन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका सचिव निराजन घिमिरेले सबैको सुझावहरु संकलन गरेका छन् । घिमिरेले १२ वटै जिल्लाबाट सुझावहरु संकलन गरि सबैका सुझाव सल्लाहालाइ मुख्यमन्त्री समक्ष पुर्‍याउने बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो