Hi-Speed Computer

Awareness Campaign

गुल्मी दिगामको गुणको सुद्धत्ता पुरानै लयमै फर्काउँदै स्थानीय सरकार



प्रेम सुनार
१० महिना अगाडि


Awareness

Place for ads


 

 

शर्मिला चुँदारा ,गुल्मी, साउन ९ । गुल्मीको छत्रकोट गाउँपालिकाले त्यस पालिकाको वडा नम्वर ४ को दिगाममा सदियौं देखि उत्पादन हुँदै आएको उखुबाट उत्पादन हुँदै आएको खुदो गुणको अर्गानिक शुद्धत्ता पुरानै लयमा फर्काउने कडाई गरेको छ ।

Forest
Forest
Ad.

केहि दिन अघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा केहि व्यबसायीहरुले भारतबाट आयतित भेली र चिनी मिसावट गरी उपभोक्ता ठगी गरेको फेला पारे पछि छत्रकोट गाउँपालिकाले अर्गानिक शुद्धत्ता पुरानै लयमा फर्काउने सम्बन्धित कृषकहरुदाई कडाई गरेको हो ।

केहि दिन अघि दिगामको सदियौं देखिको प्रशिद्ध खुदो र गुणमा अनुगमन टोलीले मिसावाट गरेको पायो , , त्यसलाई पुरानै लयमा फर्काउने के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर पुनले भन्नु भयो पहिलो कुरा त हामीले खुदो गुण उत्पादननलाई उद्योगका रुपमा दर्ता गरी करको दायरमा ल्याउँदै छौ र संगै दिगामको प्रशिद्ध गुण खुदोको शुद्धत्तालाई पुरानै लयमा फर्काउन कडाई गर्दैछौं ।

दिगामको गुण खुदो सदियौं देखि देश विदेश सम्म प्रशिद्ध थियो र अहिले पनि छ । अनुगमनका क्रममा केहि ब्यक्ति ब्यवसायीहरुले मिसावट गरेर बदनानम गरे पनि अधिकांस कृषकहरुले अहिले पनि अर्गानिक गुण खुदो उत्पादन गर्ने गरेको उहाँको भनाई छ ।

अर्को एक प्रशंगमा पुनले पुनले छत्रकोट गाउँपालिका खर्च विवरण प्रगति सन्तोषजनक रहेको बताउनु भयो । असार मशान्तको केहि दिन अघि हामीले उहाँ संग जिज्ञाषा राख्दा उहाँ यस्तो बताउँदै हुनुहुन्थ्यो ।

Awareness by SKF

गत आर्थिक बर्षमा छत्रकोट गाउँपालिका बेरुजु कम गराउन गुल्मी जिल्लाको हकमा उत्कृष्ट पाँचौमा परेको थियो । त्यसले पनि सन्तुष्ट नभएकोले अझ कम गर्न आफुहरुले लागेको उहाँ बताउँदै हुनुहुन्थ्यो ।

बिशेषतः दिगामको प्रशिद्ध गुण खुदोको शुद्धता कायम राख्न गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पन्थले पनि बताउँदै आउनु भएको छ । अघिल्लो महिना गरिएको अनुमन पछि गुण खुदो उत्पादकहरुले अब देखि अर्गानिक खुदो र गुणमा मिसावट नगर्ने प्रतिबद्ध देखिएका छन । दिगाम र पारी थानपति थोर्गाका उखु खेती देशैभर प्रशिद्ध छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →