Hi-Speed Computer

Awareness Campaign

साहित्यिक सहयात्री सपना कुँवरका केही मुक्तकहरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

धेरै भरोसा लाग्छ मलाई नक्कलको बरु।
त्यती विश्वास खास लाग्दैन असलको बरु॥
तिमी हैसियतको के कुरा गर्छौ महोदय।
बहुत महत्व छ तिम्रो भन्दा चप्पलको बरु॥

हुन पाईदैन खुसी अनि हर्ष खाडिमा‌ गर्नु पर्छ
अबको केहि चार पाच‌ बर्ष खाडिमा गर्नु पर्छ
तिमी मलाई कुनै कुरा गर्दै नगर डिग्री पढेको,
हामी नेपालीले कडा सङ्घर्ष खाडिमा‌ गर्नु पर्छ

सहयोगी भावना सकियो‌ अनि मद्दत सकियो‌
एउटा‌ गल्तीले सबै भएको ईज्जत सकियो‌
यो नसोच्नु एक दुई बचन सहदैमा मैले,
म‌ भित्रको रिस घमन्डको तागत सकियो ।

Forest
Forest
Ad.

जिन्दगी गुमाएको मान्छे चोखो प्यार‌ गुमाएको मान्छे
कुनै दिन प्रेम थियो‌ भन्ने अधिकार गुमाएको मान्छे
जहाँ छौ खुसी भएर बस्नु अरु के भनौ प्यारा,
निर्धकसगँ मेरै हो भन्ने अब अधिकार गुमाएको मान्छे।

झगडा गर अनि हात हालाहाल गर
अब मायामा‌ पनि तिमी हरताल गर
कि दुश्मन बनेर मैदानमा लडन आउ,
नत्र मित्र बनुम आउ अङकमाल गर ।

दिन मिलेन‌ अनि मध्य रात मिलेन
तिमी ठुलो म सानो‌ जात मिलेन
जस्लाई सडकबाट उठाएर दिलमा‌ राखे,
उसैले भन्यो आज हाम्रो औकात मिलेन ।

भाग्यमा नै गहिरो खत भएको मान्छे म‌
अरुलाई रुवाउने हिम्मत भएको मान्छे म‌
किन आयौँ त मेरो सामु रुदै कराउदै फेरी,
सत्य बोल्दा बोल्दै गलत भएको मान्छे म ।

Awareness by SKF

अनुहार‌बाट मान्छे चिन्नेले किन रुन पर्यो
पैसा सगँ जवानि किन्नेले किन रुन पर्यो
बगरको माछा जस्तो म‌ पो भएकी छु यहाँ,
दिनै बिच्छे केटि फेर्दै हिन्नेले किन रुन पर्यो।

– सपना कुँवर 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो