Awareness

Get Vaccinated

जून तारा साहित्य समाजद्वारा सञ्चालित कार्यक्रम मनभित्र गुम्सिएका भावनामा प्रसारण हुने मुक्तकहरु



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

सर्व प्रथम त तरबार भन्दा पहिले कलम समाउनु पर्छ
बाल्यकालको त्यो अनुभव बटुल्दै हामीले जमाउनु पर्छ
राम्रो काम गर्दै भविष्यका कर्णधार बन्दै जीवन भरी यहाँ
विश्व जगत शिखरहरूको उचाइमा नाम कमाउनु पर्छ।
– डिल्ली राज घिमिरे
अर्घाखाँची

बालबालिकाकोअधिकार सुनिश्चित गरि हक जमाउन पाउनु पर्छ ।
बाल श्रमिक बाट मुक्त भएर सबैले पढाइमा रमाउन पाउनु पर्छ
आज लगानी गरी पढ्ने अवसर दिए बन्छन् भोली देशका कर्णधार
सुनिश्चित भविस्य थालनी गर्न साना हातले कलम समाउन पाउनु पर्छ ।
– तारा घिमिरे सङ्खुवासभा
खांदबारी ३ मानेभञ्ज्याङ

आजका कलिला मुनाहरुलाई बचाउने काम हाम्रै हो
सहि ढङ्गले हुर्काउने,बढाउने र पढाउने काम हाम्रै हो
बालबालिकाहरु यो देशका सशक्त कर्णधारहरु हुन,
भोलि संसार बदल्न सक्छन् ,सजाउने काम हाम्रै हो।
– भोज विवश मगर
गैंडाकोट -३ ढोडेनी नवलपरासी पुर्व

हातमा ठेला उठाइ पढाउछु लेखाउछु।
धौधौ खोले जुटाइ पढाउछु लेखाउछु।।
ठूलो होइन तिमी असल बनेर देखाउनु?
जिन्दगानी लुटाइ पढाउछु लेखाउछु।।।
– रेशम बुढाथोकी
सल्यान

उ बाह्रखरी पढ्दै छ उसलाई अझै पढाउनु पर्छ ।।
सानो बालक हो राम्रो कुरा बेलैमा सिकाउनु पर्छ ।।
एउटा फुल फकृय र ? मगमग बास्न दिन लाई त ।।
गोडमेल गर्नु पर्छ पानी हाल्नु पर्छ अनि फुलाउनु पर्छ ।।
– बाबू दिल विक्रम शाही
जाजरकोट हाल मलेसिया

रगत पसिना बगाउन दु:ख नमानी ।
बालबालीकाको लागि गरौ लगानी ।
यिनै हुन देश चालाउने आधार जग
बरु चलाउला जवानी पिएर पानी ।
– मगर मस्त

बालक तिमी साना छौ अहिले
आफ्नो खुट्टामा उभिनु पहिले
शशक्त बन छ शुभकामना,
पछि फर्किन नपरोस् कहिले।
– चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०, बाँके

Awareness by SKF

हेप्नेहरु लाई पछुतो गर्छु ठूलो भए भने।
छानोको बाँस मनमा सर्छु ठुलो भए भने।
दरिद्र भनी मेरो बा लाई हेप्ने गर्छन साहुले
यिनको पोल्टो मैले भर्छु ठूलो भए भने।।
– कमल सुनार
तिला~४ सापुल्ली,जुम्ला

आज छौ तिमी कोपिला फुलेर फूल बन्नुछ
बिकासको मुल फुटाउन बेलैमा जग खन्नुछ
देश प्रेमको भावना अबिरल बनोस् हृदयमा
पौरखि हात उठाउदै बिकासको शन्देश भन्नुछ
– सुदिप बि क
बेसीशहर 11लम्जुङ्ग

आजकल माया पिरती धन हेरेर गर्छन्
आखिर के का लागि हो टन हेरेर गर्छन
म जस्ता गरिब हरुले हो माया हेर्ने त,
तिमीमा भएका मिठा माया र वचन हेरेर गर्छन्
– गिरीजा कुँवर
बागलुङ

उनको तस्वीर देख्छु छुन मन लाग्छ
सम्झन्छु बिगत लाइ रुन मन लाग्छ
खै कसरी समालौ यो पागल मनलाई
उनी नहुँदा संसार देखि बिदा हुन मन लाग्छ
– श्याम कुमार श्रेष्ठ

बिर्सन्छु भन्छु यादमा आउँछौ घरीघरी
जति टाढा जान खोज्छु धाउँछौ घरीघरी
तिमी किन अझै बिर्सन खोज्दैनौ मलाई
जति बेला पनि मेरै गित गाउँछौ घरीघरी
– मन्दिरा खड्का
रामेछाप
हाल काठमाडौं

यस्तो गर्छु उस्तो गर्छु भन्नेको विश्वास गर्दै नगर्नु
स्वार्थी दुनियाँमा कसैको पनि आस गर्दै नगर्नु
अगाडि ठिक्क पारी पछाडीबाट छुरा धस्ने गर्छन्
आफ्ना भनौदाबाट आफ्नो आभाष गर्दै नगर्नु
– प्रविना प्रयासी

सम्मान गरौँ भविष्यका कर्णधार हुन बालबालिकाहरू
हामीलाई माया गरि रहने अपार हुन बालबालिकाहरू
काममा नलगाई राम्रो खालको शिक्षा दिनुहोस् सबैले
संसारमा सबैभन्दा ठूला नै सार हुन बालबालिकाहरू
– गणेश बिष्ट बर्सात

तेरो लागि मैले रगतको खोला बगाएको थिएँ छोरा
तलाई खुवाउन म भोको पेट निदाएको थिएँ छोरा
आज विगतलाई बिर्सिएर धेरै कठोर बनेर भुलिस् है,
आँसु बगाई हात जोडेर बिन्ती गर्दै बताएको थिएँ छोरा
– सुशील बियोगी घायल

सीसा सरि मेरो भाग्य फुटाएर के पाइस् ,,
यी सबै सारा खुसीहरू लुटाएर के पाइस् ,,
बाबा बिनाकाे जिन्दगी अन्धकार भएको छ ,
भगवान मेरा बाबाकाे साथ छुटाएर के पाइस् ,,
– विकास ठकुल्ला विवस
सुदुरपश्चिम अछाम

किनारा छोड्नु परेको छ नदीले पनि
खै,कस्तो मोड लियो जिन्दगीले पनि
अब के बाचा कसम पुरा होला र तिम्रो?
कोल्टे फेरि सक्यो यहाँ पिरतीले पनि!
– सपना कुंवर

खै, चुपचाप आजभोलि ,बस्नै सक्दिनँ
यो मनको कुरा नखोली ,बस्नै सक्दिनँ
तिमी पराईको अङ्गालोमा रमाए पनि,
अझैँ तिमीसँग म नबोली,बस्नै सक्दिनँ।
– हिउँकला हाँसी खतिवडा

नरुनु सम्झिएर मलाई अब मर्न मन छ
भगवानको त्यो सरणमा चाडैं पर्न मन छ
कसैको जिन्दगीमा बोझ भएर बस्नु भन्दा
नफक्रेको कोपिला झैं अब झर्न मन छ
– प्रयासी सानु

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो