Place for ads

Awareness

भुक्तानी नहुँदा गुल्मीमा करोडौं खर्चेको रेसुङ्गा पार्क व्यवसायीकै ‘हातमा’ (भिडियो रिपोर्ट सहित)



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: निर्माण कम्पनीले काम सम्पन्न गरेको महिनौ हुँदा पनि भुक्तानी नपाउँदा गुल्मीको रेसुङ्गामा बनेको पार्क अलपत्र छ। भुक्तानी नपाउँदा निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको हो। योजना हस्तान्तरण नुहँदा सदरमुकाम तम्घासको शिरमा रहेको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको काखमा बनेको पार्क सञ्चालनबाट उठ्न सक्ने राजश्व समेत प्रभावित भएको हो।

८३ रोपनी क्षेत्रफलमा डिपिआर तयार पारी निर्माण गरिएका संरचनाहरुले पार्कको आकर्षण बढाए पनि दिगोपनका लागि व्यवस्थापन तथा सञ्चालनमा भने अन्यौलता देखिएको छ । धुलिखेल अर्जुन न्यूलिजा जेभीले गत फागुनमै योजना सम्पन्न गरे पनि त्यस बापतको रकम भने पाएको छैन । ५ करोड ५९ लाखमा ठेक्का सम्झौता भई काम अघि बढाएका ती कम्पनीले सम्झौता मितिभन्दा एक महिना अगाबै सम्पन्न गरेका थिए । सम्झौता अनुसार करिब ४९ प्रतिशत रकम भुक्तानी नहुँदा निर्माण कम्पनीले सरकारलाई आयोजना हस्तान्तरण नगरेको हो ।

Get Vaccinated

रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लागनमा निर्माण सम्पन्न भएको उक्त आयोजनामा रकम भुक्तानी नहुँदा आफूहरुले थप आर्थिक क्षति व्यहोर्नु परेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र जिसीले गुनासो गरे । यसैगरी नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफू निर्वाचित हुनुअघिकै योजना भएको बताउँदै त्यो समयमा भुक्तानी हुनु पर्ने रकम पनि रोकिएको भन्दै आफूलाई दोषबाट मुक्त गर्ने प्रयास गरे । तत्कालिन मेयर तथा हाल लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले निर्माण कम्पनीलाई रकम भुक्तानी नभएको विषयमा सरकारसँग आग्रह गर्ने उल्लेख गरे ।

‘ मसानघाट’ बन्यो आकर्षक पार्क

१२ सय ५० वर्ग मिटरमा पार्क र अन्य विभिन्न आकर्षक संरचना निर्माणले यहाँको दृश्य मनमोहक बनाएको छ । स्वीमिङ पुल, पिकनिक स्पट, एनिमल रेस्क्यु स्पट, रिसोर्ट समेत निर्माण गर्ने अवधारणा अन्तरगत बनेको पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत भित्राउन सक्ने अपेक्षा गरिएको छ।

Awareness by SKF

केही वर्ष अघिसम्म जङ्गली जनावरले आक्रमण गर्ने डरत्रास रहेको च्यानडाँडा (मसानघाट)का रुपमा चिनिने यो थलो अहिले आकर्षक पार्कमा परिणत हुँदा यहाँका स्थानीय दङ्ग छन् । पार्क निर्माणका लागि मुख्य चुनौतिको रुपमा रहेको जमिन सम्याउने काम सकेर भ्यूटावरसहित टपमा अत्याधुनिक बाईनकुलर (दुर्विन), आकर्षक वाटर फाउन्टेन र आर्क बृजले पर्यटकलाई घन्टौसम्म यहाँ समय बिताउन सहयोग गर्ने गर्दछ । त्यस्तै आकर्षक चिल्ड्रेन पार्क, प्रवेशद्वारदेखि अन्तिमसम्म एप्प्रोज रोडमा विछ्याइएको गल्कोटकोटे ढुङ्गाले थप आकर्षण थपेको छ । गार्डेनमा दुबोको हरियाली र चाईनिज इटाको क्यारीले थप सुन्दरता बढाएको छ । रेसुङ्गाको मुहारले परिचय फेर्दै यहाँको चर्चा बढोस र सबको आँखामा परोस भन्नका लागि रेसुङ्गा लेखिएको विशाल टावर सहितको आईकोन टागिएको छ । चारैतिर कम्पाउण्डिङ्ग गरिएको छ । साझमा चारैतिर बल्ने रङ्गिबिरङ्गी वत्तीले पार्कमा सुन्दरतालाई थप आकर्षण बनाएको छ ।

चुनौती र सम्भावना

पार्कमा भ्यूटावरसहित अत्याधुनिक बाईनकुलर जडान गरिएको भएपनि त्यस ठाउँबाट पर–परसम्म नियाल्नका लागि सल्लाका रुखहरुले घेरिएका छन् । आवश्यक प्रक्रिया पूरा गरी वरिपरिका ती रुख कटान गर्न सरोकारवाला तयार भएमा यो समस्या समाधान हुन सक्ने देखिन्छ । दोश्रो चुनौती पार्क भित्रका संरचना संरक्षणको । पार्क वरीपरी रहेको वन क्षेत्रमा हरेक वर्ष भिषण आगलागी हुने गर्दछ । आगलागीका कारण पार्क क्षेत्रभित्र तथा कम्पाण्डमा रहेका विद्युतीय सर्किट जलेर नष्ट गर्न सक्छ ।

चुनौतीसँगै सम्भावना पनि प्रशस्तै छन । उचित व्यवस्थापन तथा संरक्षण हुन नसक्दा बादरको हातमा नरिवल हुने सम्मभावना पनि उत्तिकै छ । उपल्लो तम्घासको चिल्ड्रेन पार्क, प्रशासन अगाडि लाकुरिमन्च मासेर करोडौं लागतमा बनाईएको शंखपार्क यसका उदाहरण हुन् । जसको निर्माण सम्पन्न नहुँदै जिर्ण बनेर बसेका छन् । रेसुङ्गा पार्कको संरक्षण र विकास गरेर पर्यटक भित्राउने नै हो भने निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने स्थानीयहरु बताउँछन्।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो