Awareness

जून तारा साहित्य समाजद्वारा आयोजित प्रेम विशेष मुक्तक दोहोरीमा तुफान र सपना

साहित्य

Place for ads

जून तारा साहित्य समाजद्वारा यहि भदौ २१ गते आयोजित प्रेम विशेष मुक्तक दोहोरीमा श्याम कुमार श्रेष्ठ ‘तुफान’ र सपना कुँवर बिचको मुक्तक दोहोरी यहाँ प्रस्तुत गरिएको छ:

आज दुनियाँको सामु कठोर बन्नु पर्‍यो
नचाहेरै पनि उनलाइ पराइ भन्नु पर्‍यो
कस्तो अभागि तक्दिर रहेछ मेरो त
मर्दा आफूलाइ पुर्ने खाल्डो खन्नु पर्‍यो
– तुफान

Get Vaccinated

पिरतिको नियम आफैले तोड्न बाध्य भएँ
पराईसगँ मैले नातालाई जोड्न बाध्य भएँ
तिमी अर्कैको अङ्गालोमा देखे पछि मैले नै
मन थामेर ~तिमीलाई छोड्न बाध्य भएँ
– सपना कुंवर

भयो अनजानमा गल्ती माफी गरि देऊन
हुँदैन यस्तो धोका अब त मेरै भर परि देऊन
तिमी पनि त दुनियाँ केटालाई मेरो प्राण भन्थ्यौ
अब विगत भुलेर मेरै नजिक सरि देऊन
– तुफान

दुनियाँ अगाल्नलाई अब मेरो मन कसरी दिनु?
अरुको नाममा धड्किने धड्कन कसरी दिनु?
भयो तिमी आफ्नो बाटो म आफ्नो बाटो अब
तिमी जस्तो धोकेवाजलाई जीवन कसरी दिनु?
– सपना कुंवर

गरेकी रहेछौ छुट्टिने बहाना बल थाहा पाएँ
मैले चोखो माया गरेकै कारण ठुलो धोका खाएँ
भन्थ्यौ तिमी मुटु अनि धड्कन हौ पहिले
यहिँ माया जोगाउन कयौं मठ मन्दिरहरू धाएँ
– तुफान

Awareness by SKF

तिम्रा चोखो पिरतिका धातक सबै थाहा छ
कति आए जिन्दगीमा बाधक सबै थाहा छ
स्वार्थको लागि कतिसम्म गिर्छोै बल्ल बुझेँ
मलाई पाउन के गर्छोै नाटक सबै थाहा छ
– सपना कुंवर

सारा दोष मलाई थुपारी अन्तै बाटो मोड्छौ भने के भनौ
म भन्दा धनि सम्पन केटा पाए पछि छोड्छौ भने के भनौ
छोरा छोरीले आमा खै भन्ला मैले के जवाफ दिउँ
भगवान् साँची राखी खाएको कसम तोड्छौ भने के भनौ
– तुफान

भयो अब यो मन एकोहोरो मतलब भएन
अन्तै बढेपछि मायाको डोरो मतलब भएन
मेरो जिन्दगीको सवाल छ खुसि खोज्नु छ
अब तिमी अनि तिम्रो छोरो मतलब भएन
– सपना कुंवर

कसरी सक्छौ यार मलाई भुल्न तिमीले
आजकाल थालेकी रहेछौ डुल्न तिमीले
जाऊ अन्तै खुसी मिल्छ भने रमाएर तिमी
जानेकी रहेछौ चारै – तिर फूल्न तिमीले
– तुफान

COVID-19

जता जाउँ जे गरोै चासो केका लागी
छुटेको नातामा अब पासो केका लागी
तिमी र म त अपरिचित मान्छै हैन र
फेरी रुँदै कराउँदै गुनासो केका लागी
– सपना कुंवर

पराइको नै भए पनि माया लाग्दो रहेछ
एकान्तमा किन तिम्रै साथ माग्दो रहेछ?
मेरो जिन्दगी बर्बाद पार्यौ मरौंकि बाँचौ भयो
आजकल यो मनमा पीडा मात्र जाग्दो रहेछ
– तुफान

खै कस्तो जङ्गार तरे मलाई माफ गर
आफ्नै नजरबाट झरे मलाई माफ गर
भोलिको दिनमा यस्तो गल्ति हुँदैन
हिजो ठुलै गल्ति गरे मलाई माफ गर
– सपना कुंवर

छोरा छोरीले आमा खोज्दै छ चाडै फर्की आऊ
गरि दिए माफ अब मेरै नामको सिन्दूर लगाऊ
आउन सक्छन् बाधा अड्चन जिन्दगीमा
दु:ख सुख सँगै गरौंला यहि झुपडीमा रमाऊ
– तुफान

पुग्यो मलाई अब धनको पछि कहिले लाग्दिन
घमण्ड र कालो मनको पछि कहिले लाग्दिन
ठुलै गल्ति गरे भगवान् जस्तो श्रीमान छोडेर
अब अन्धकार जीवनको पछि कहिले लाग्दिन
– सपना कुंवर

बल्ल मेरो मायाको महसूस गरेछौ खुसी लाग्यो
मलाई छोडी हिँड्दा दु:खमा परेछौ खुसी लाग्यो
चोखो माया भन्दा ठूलो धनसम्पत्ति केही होइन
आज उसलाई त्यागी मेरो माया भरेछौ खुसी लाग्यो
– तुफान

नहोस सम्बन्धमा वार पार यत्ति चाहान्छु
नछुटिने गरेर अब बिचार यत्ति चाहान्छु
पहिले जे जे भयो सबै बिर्सिएर प्यारा
मिलेर सुन्दर बनाऊ घरबार यति चाहान्छु
– सपना कुंवर

तिमी बिना अधुरो छ जिन्दगी चाँडै घर फर्कि आऊ प्यारी
दुख सुख सँगसँगै साटेर जिन्दगी भरि रमाऊ प्यारी
बुढी आमा बुहारी कहिले आउँछ भनि सोधिरहन्छ
अब यो परिवारलाई खुसी दि सधैं हँसाऊ प्यारी
– तुफान