Smoking Causes Cancer

गद्य साहित्य चौतारीमा यस हप्ता प्रेषित रचनाहरु मध्ये दुई रचनाहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

लघुकथा: पर्याप्त

सीमा क्षेत्रमा लडाइँको स्थिति बन्दैमा रेग्मीलाई छुट्टी घटाएर सीमा क्षेत्रमा जानुपर्ने भयो।केही समय भित्रैमा नयाँ जिन्दगीलाई यस संसारमा ल्याउन लागेकी प्रियाको नजिकै पुगेर रेग्मीले चिन्तित स्वरमा भने, “प्रिया, म जानै पर्ने भयो तर तिमी यस्तो हालतमा एक्लै कसरी बसौली”।

प्रियाले सान्त्वना दिदै भनिन्, “अहिले नेपाल आमालाई हजुरको जरुरी छ।यो त एउटा सैनिकको बच्चा हो।म सैनिकको श्रीमती।हामी दुबै फाइटर हौं। म एक्लै पर्याप्त छु यस बच्चाको ख्याल राख्न।

– शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा

सिंचाई
Forest
Ad.

लघुकथा: जस्तालाई तस्तै

डुलीले छोरालाई नुवाई धुवाई गराएर आज गुरुकहाँ पठाएकी थिई।

गुरुकहाँ अन्य प्रशस्तै स- साना बाल बालिका रहेछन् । गुरु नजिकै आएर सोध्नुभो। बाबुको नाम के हो? मेरो नाम लाल बहादुर विश्वकर्मा। अलि यता आईज त भन्दै गुरुले उसलाई बाटो तिर लगेर भन्नुभो। यो तँ जस्ताको लागि पढ्ने ठाउँ हैन अब कहिल्यै न आउनु। लाल बहादुर रुँदै रुँदै घरमा गएर सबै हाल बतायो। मुर्ती कुद्ने ठाउँमा गै सिक्न लाग्यो। आज उ नामुद मुर्तिकार भएकोछ। दसौं बर्ष पछि बाल गोपालको मुर्ती किन्न गुरु उसैकहां पुग्नुभएछ। उसको जवाफ आयो गुरु यहाँ तपाईं जस्ताको लागि मुर्ती राखिएको छैन यो त म्लेच्छहरुका लागि मात्र हो ।अब यहाँ कहिल्यै नआउनुहोला।

– कमला देवकोटा, पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो