Smoking Causes Cancer

ध्रुव श्रेष्ठका शाब्दिक कविता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads


घाम झुल्कियो
हिमाल पग्लियो
घामको लालिमा
हिमालमा पोतियो
प्रकृति चुम्वनले
हिमाल लजायो ।


अन्तिम क्रान्ति
फेरि क्रान्ती
अनि क्रान्ती
मात्र क्रान्ती
क्रान्ति क्रान्ति
कस्तो क्रान्ती ?


रोएन शान्ती
हिडेन शान्ती
दौडेन शान्ती
वोलेन शान्ती
नजन्मदै शान्ति
मर्‍यो शान्ती ।

सिंचाई
Forest
Ad.


बाटो क्रान्ति
लक्ष्य शान्ति
क्रान्ति शान्ती
शान्ति क्रान्ती
बेचियो क्रान्ती
सपनामा शान्ति।


हाँसोहरु वेचेर
आँसु किन्दैछु
रहरहरु मेटेर
प्रेम चिन्दैछु
केहो जिन्दगी
वुझ्न खोज्दैछु ।


वर्षियो पानी
कुनाकाप्चा छानी
लाजै नमानी ।
गर्मिलो मौसम
शितल चुम्बन
उर्लियो जवानी ।

– ध्रुवकुमार श्रेष्ठ
खोटाङ वजार
हाल: कामनपा-३२, नरेफाँट

Awareness by SKF

कविता लेखनको नयाँ शैलीको रूपमा शाब्दिक कविता आएको छ। विभिन्न संरचनामा शाब्दिक कविता लेखिन्छन्। प्रस्तुत शाब्दिक कविता २×६ सूत्रमा लेखिएका छन्। शाब्दिक कविता छोटो प्रकृति र गहन भावका हुन्छन्। हालसम्म ४० जना स्रष्टाले शाब्दिक कविता लेखिरहनु भएको छ। ध्रुव श्रेष्ठ शाब्दिक कविताका एक अभियन्ता हुनुहुन्छ। वहाँको शाब्दिक कवितामा छुट्टै पहिचान बनिसकेको छ। – सं

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो