Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बडिगाडमा जङ्गली भ्याकुर खाँदा एक वृद्धाको मृत्यु, ८ जना बिरामी



ओझेलका खबर संवाददाता
२ मिनेट अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ५ खारबजारमा जङ्गली भ्याकुर खाँदा एक जना वृद्धाको मृत्यु भएको छ भने अन्य आठ जना बिरामी परेका छन्। २०८३ साल जेठ ३ गते साँझपख जङ्गलमा पाइने भ्याकुर खाएपछि उनीहरू बिरामी परेका थिए।

भ्याकुर खाएपछि उनीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने समस्या देखिएको थियो। यसै क्रममा, पहिलेदेखि नै निमोनिया र प्रेसरको समेत बिरामी रहेकी ७२ वर्षीया फिरम कुमारी घिमिरेको निरन्तर वान्ता भई आफ्नै कोठामा मृत्यु भएको हो। मृतकको शवलाई आफन्तले आफ्नै घरमा राखेका छन्।

भ्याकुर खाएर बिरामी परेका अन्य आठ जनालाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको छ। बिरामी पर्नेहरुमा स्थानीय ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीय बिष्णु घिमिरे, २३ वर्षीया सारदा न्यौपाने, १४ वर्षीय अबिसन घिमिरे, ६३ वर्षीय भोजराज घिमिरे, ४३ वर्षीय सुरेन्द्र बि.क., ६२ वर्षीया पुतली घिमिरे र ६५ वर्षीय खिमानन्द घिमिरे रहेका छन्। अस्पतालमा उपचाररत सबै बिरामीहरूको अवस्था अहिले सामान्य रहेको छ र उनीहरु बोल्न सक्ने अवस्थामा छन्।

सिंचाई
Forest
Ad.

घटनाको खबर बेलुका ७ बजे प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालीचौरबाट प्रहरी सहायक हवल्दार भान बहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले बिरामीहरुलाई उद्धार गरी अस्पताल पठाएको थियो। यस घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा अर्को ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो