Smoking Causes Cancer

चन्द्रकोट-२, बिशुखर्क स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण



वासुदेव पोखरेल
७ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. २ स्थित बिशुखर्क स्वास्थ्य चौकीमा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रम बिहान १० बजेदेखि सञ्चालन हुने वडा अध्यक्ष कमल केसीले जानकारी दिनुभएको छ।

वडाध्यक्ष केसीका अनुसार जनताको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर सेवा प्रदान गरिएको हो। “विशेषज्ञ चिकित्सक गाउँमै आएर उपचार गर्दा स्थानीय नागरिक निकै उत्साहित हुन्छन्,” उहाँले भन्नुभयो, “आफूलाई भएको स्वास्थ्य समस्याबारे प्रत्यक्ष परामर्श लिएर समाधान पाउँदा यो कार्यक्रम जनताका लागि निकै फलदायी बनेको छ।”

उहाँका अनुसार यसअघि जनरल फिजिसियन, हाडजोर्नी, दन्त सेवा, स्त्री रोग, छाला रोग, बालरोग तथा आँखा रोगसम्बन्धी निःशुल्क सेवाहरू प्रदान गरिसकिएको छ। अब आउँदो महिनाको अन्तिम शनिबार नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्ध्या बन्जाडेबाट सेवा प्रदान गरिने छ।

सिंचाई
Forest
Ad.

दुर्गम क्षेत्रका बासिन्दाका लागि प्रत्येक महिना फरक–फरक विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन हुने स्वास्थ्य शिविरले ठूलो राहत पुगेको वडाध्यक्ष केसीले बताउनुभयो। “गाउँमा धेरै नागरिक रोग पालेर बसिरहेका छन्, साना समस्यालाई गम्भीरताका साथ नलिने प्रवृत्ति छ,” उहाँले भन्नुभयो, “त्यसमाथि धेरै जेष्ठ नागरिकका सन्तान रोजगारीका लागि जिल्ला तथा विदेशमा भएकाले उपचारका लागि जिल्ला अस्पतालसम्म एक्लै जान कठिन हुन्छ।”

यिनै समस्यालाई मध्यनजर गर्दै प्रत्येक महिना विशेषज्ञ चिकित्सकसहित गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो