१.
छ शुभकामना
षड्ऋतु मनमा
चम्किरहोस् सधैं
षड्ऋतुभरि नै
सुभाषित बन्दै
जनको हृदयमा
२.
हो षड्ऋतु जन्म्यो
काव्यरस टप्क्यो
स्रष्टा कैयौं जागे
रस स्वाद लिए
सुगन्ध फैलाए
धेरै नै रमाए
३.
अन्तर स्थलमा
निहारी चहारी
स्रष्टा द्रष्टा बनी
पस्किन्छ व्यञ्जन
पाठक मनमा
घुमी अनि फिरी
४.
सच्चा मित्र हो त्यो
प्रेरणाको छडी
आपतको घडी
बढ्नमा अगाडि
बनिदिन्छ कडी
नफर्की पछाडि
५.
सगरमाथा हो
गजबको शान
हाम्रो पहिचान
झुक्दैन है मान
वैरीका सम्मुख
पारौं यही भान
– शान्ता शाक्य
धापाखेल, ललितपुर
२०८०/०४/०९
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








