Awareness

Get Vaccinated

जून तारा साहित्य समाजकी सकृय सदस्य स्वर्गीय मनिषा विश्वकर्माका साहित्यिक रचनाहरु



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

जून तारा साहित्य समाजकी सकृय सदस्य स्वर्गीय मनिषा विश्वकर्माका साहित्यिक रचनाहरु यहाँ प्रस्तुत गरिएको छ:

केही मुक्तकहरू:

तिम्रो यादमा रुँदारुँदै आँखामा पानी सकियो
आउछौ भनी पर्खि बसेँ आएनौ जवानी सकियो
आउँछु आउँछु भन्यौ प्रिय वर्षौं बितिसक्यो छ
आसै आसमा जन्म घरमा यो जिन्दगानी सकियो।

पछि पार्न खोजे छन् बहिरो कानो सोचेर ।
त्यसै माथी हेप्ने गर्छन् यहाँ सानो सोचेर ।।
परिस्थितिका पिडाहरु त सति सहियो कति ,
जीवनले नि चोट दिन्छ हजुर अचानो सोचेर।।

यस्तो लाग्दै छ बिरामीले होली न सोली।
सकियो पैसा अनि बोक्दैछु रितो झोली ।
बसौं भयो साहु रिन तिर्नै न सक्दा हजर,
छोडियो घर जस्तै प्यारो लाग्ने त्यो खोली ।

मीठो बोल्दिनुस् प्यारो मान्छे बोली आजै हो
हेर्नुस रंगीन भएर भिज्ने मेरो चोली आजै हो
ल्याउनुस् रंग खेल्नुस सकिन्छ सिउदो भर्नुस्
यार याद रहला जिन्दगी भर होली आजै हो

खेल्नु साथी रङ्गगे तिहार आज भोली हो ।
हृदयको दुख पिडा लुकाइ हास्नु होली हो ।।
कुनै बेला हजुरहरु कुराले फिस्स हास्छु ल
सबैभन्दा प्यारो त हजुरको मिठो बोली हो ।।

Awareness by SKF

नाँच्दै गाउँदै रङ्ग छरी, सबैलाइ होलीको शुभकामना
मनमा हर्ष उमङ्ग भरी,सबैलाइ होलीको शुभकामना
प्राचीनकाल देखीको परम्परा हो रमाइलो गर्नु साथी हो,
स्नेह भर्नु हृदयमा बराबरी,सबैलाई होलीको शुभकामना।

तिम्रो यादमा रुँदारुँदै आँखामा पानी सकियो
आउछौ भनी पर्खि बसेँ आएनौ जवानी सकियो
आउँछु आउँछु भन्यौ प्रिय वर्षौं बितिसक्यो छ
आसै आसमा जन्म घरमा यो जिन्दगानी सकियो

बाचौला कसरी अब रहदानी सकियो।
तिम्लाइ कुर्दा कुर्दै जवानी सकियो॥
हिजो केही भएन आज त हुन्छ होला
भनि के आशाहरुमा जिन्दगी होला।

बाचौला कसरी अब रहदानी सकियो ।
तिम्लाइ कुर्दा कुर्दै जवानी सकियो ।।
हिजो केही भएन आज त हुन्छ होला ,
केही यस्तै आशाहरुमा जिन्दगानी सकियो ।।

देश चलाउने दलालहरूले देश बेचेर खाइसके।
आफ्नो देशको सीमाना पनि अरुकै बनाइसके
सायद यिनका झोली कहिल्यै भरिएनन् होला त,
पैसामा सिङ्गो देश बेचेर अहिले टन्न अघाइसके।।

निरन्तर गर्नु पर्ने रे किड्नी डाइलेसिस कसरी बाँच्ने होला ।
एउटा औषधीको पनि लाग्छ महँगो फिस कसरी बाँच्ने होला ।
कति खेर सोची रहन्छु यति सुन्दर जिन्दगी कसरी पो गुमाए ,
त्यसै माथी आफन्तले नि उठाउन्छन् रिस कसरी बाँच्ने होला।

जिन्दगीका कठिन परिस्थिति सँगै जिउँला माया ।
बरु तिम्रो पीडामा मैले नै आँसु पिउँला माया ।।
आउ तिमी साथ देऊ अन्तिम घडिसम्म ,
दु:ख म नै सहेर तिमीलाई खुसी दिउँला माया ।।

गर्नु छ मैले एउटा राम्रो काम जून तारा सहित्यकै निम्ति ।
गरेर प्रगति देखाउनु छ नाम जून तारा साहित्यकै निम्ति ।।
आखिर यो रोगी शरीर निको भएपछी गर्ने छु परिश्रम ,
बनाउने छु एक करोडको दाम जून तारा साहित्यकै निम्ति ।।

मलाई जागेकै हो बाच्ने रहर साहित्यकै लागि ।
रोजेको पनि यहि हो एउटै सफर साहित्यकै लागि।।
दुख पिडा आदानप्रदान गरि बनौ असल साथी हामी,
म बाट मिल्नेछ मिठो मायाको अवसर सहित्यकै लागी ।।

तिम्रो रुखो व्यवहारले मुटुमा आगो बल्छ सानू ।
तिमीलाई सम्झेर जिन्दगी कति दिन चल्छ सानू ।।
छोडेर गयौ आखिर बीच सफरमा मलाई एक्लो बनाएर ,
तिम्रा याद्ले हरेक रात आशुले शिरानी गल्छ सानू ।।

दिनुमान प्रधानमन्त्रीहरु फेरबदल कहिले सम्म।
सरकार तेरो कान सम्म पुग्छ हाम्रो गजल कहिले सम्म।।
हिजो देश बेचेर आज चुनाव जित्न खोजी रहनेछौ,
सोच्छु जन्ता ले चाहे जस्तै बन्छौ असल कहिले सम्म ।।

दिनुमान प्रधानमन्त्रीहरु फेर बदल कहिले सम्म ।
सरकार तेरो कान सम्म पुग्छ हाम्रो गजल कहिले सम्म।
हिजो देश बेचेर आज चुनाव जित्न खोजि रहेछौ,
सोच्छु जन्ताले चाहे जस्तै बन्छौ असल कहिले सम्म।

जीवन हासो हो कि रोदन आफैलाई थाह भएन।
कल्पनिक हुन सबै प्रेमको केही पनि चाह भएन ।।
आफ्नै जीवन सम्झिदै कोरे कयौं गजल , मुक्तक ,
केवल मसि सकियो तर रचना कहिल्यै आहा भएन ।।

आन्दोलन सकिनु भएन अब युद्ध सफल पार्नु पर्छ ।
चाहे रगतको नदि बगोस् पाइला अघि सार्नु पर्छ ।।
विदेशीका मतियार राष्ट्रघाति नालायक नेताहरूलाई ,
जागौ अब सबै मिलेर सडकहरुमा उतार्नु पर्छ ।।

“यति लेखेर पनि MCC पास भएरै छाडे पछि र यो वर्ष बैशाखको महिनामा चुनाव जित्नका लागि गाउँ-घरमा नेताहरु भोट माग्न आउँदा फेरि रिसले मनमा उठेको केही भाव यसरी मुक्तक मार्फत पोखेँ।”

दिन प्रतिदिन प्रधानमन्त्री फेर बदल कहिले सम्म ?
सरकार तेरो कान सम्म पुग्छ हाम्रो गजल कहिले सम्म ?
हिजो देश बेचेयौ र त आज चुनाव जित्न खोज्दै छौ ,
सोच्छु जनताले चाहे जस्तै बन्छौ असल कहिले सम्म

“फेरि पनि विभिन्न ठाँउका नेता र उम्मेदवारहरुले चुनाव जितेर निधारमा टीका, माला र दोसल्ला ओढेर सामाजिक संञ्जालमा धेरै पोस्टहरु आएपछि फेरि मन भाव मुक्तकमा लेखियो। र सोचे पनि के यहि टीका माला लाउनलाई मात्र चुनाव जितेको हुन र!”

कति पिडा भयो होला ती जामा बेच्नेलाई ।
गुमेको जस्तै नमिलोस् सुन तामा बेच्नेलाई ।।
हिजो दुख नबुझ्नेलाई आज बधाई भन्छौ फेरि ,
के को बधाई होला बुझीन मैले आमा बेच्नेलाई।।

आफ्नै सोच्छु र त कराउन मन लाग्छ ।
मलाई खोज्छाै र त हराउन मन लाग्छ ।।
म बाट छुट्टिएर टाढै गएर अर्कैको भएनी,
सम्झनामा आउन्छाै र त बर्बराउन मन लाग्छ ।।

जीवन हासो हो कि रोदन आफैलाई थाह भएन।
कल्पनिक हुन सबै प्रेमको केही पनि चाह भएन ।।
आफ्नै जीवन सम्झिदै कोरे कयौं गजल , मुक्तक ,
केवल मसि सकियो तर रचना कहिल्यै आहा भएन ।।

अन्जान मै बस्ने रहेछ हाम्रो प्यार थाहै भएन यार ।
दिने रहेछौ मुटुमा चोटहरु बारम्बार थाहै भएन यार ।।
एक पल पनि नछुटिने गहिरो प्रेमको समबन्ध बनाइ ,
गर्ने रहेछौ आज अरुकै दिलमा सवार थाहै भएन यार ।।

केही गजलहरु:

त्यो बादल जस्तै तिमी पनि फाटी गयौ भने ।
मलाई झुठो कपट गरि डाडै काटी गयौ भने ।।

दिल टुटेको छ प्रेम प्रस्ताव नराख्नुहोस मित्र ,ण
तिमिले पनि त भोलि मलाइ ढाटी गयौ भने ।।

जोडदिन पिरती फेरि जिउन मुस्किल हुनेछ ,
मलाई भ्रम पारी अन्त मुटु साटी गयौ भने ।।

चिन्ता रोज्न बाहेक अरु विल्कप केही रहेनछ ,
मलाई छोडी प्रेमको डाेरी अन्तै बाटी गयौ भने ।।
___
त्यो बादल जस्तै तिमी पनि फाटी गयौ भने ।
मलाई झुठो कपट गारी डाडै काटी गयौ भने।।

दिल टुटेको छ प्रेम प्रस्ताव नराख्नुहोस मित्र ,
तिमीले पनि त भोलि मलाई ढाटी गयौ भने ।।

जोडदिन है पिरती फेरि जिउन मुस्किल हुनेछ ,
मलाई भरमा पारि अन्त मुटु साटी गयौ भने ।।

चिन्ता रोज्न बाहेक अरु विकल्प केही रहेनछ ,
मलाई छोडी प्रेमको डोरी अन्तै बाटी गयौ भने।।
___
बिहानी संगै तिमी हुनुको आभास हुन्छ ।
तिम्रो मुस्कान मेरो लागि सैदब खास हुन्छ ।।

संघर्ष गरि बनाउला नि सानु महल प्रेमको ,
दुई दुक्दुकीमा सिर्फ मायाको बाँस हुन्छ ।।

तिमी बाहेक को छ र मेरो जिन्दगीमा सानू ,
तिमिले छोडे उपहारमा मेरो लास हुन्छ।।

माया त गरिन्छ मनबाट जति टाढा भए नि
स्मृतिका पन्नाहरु त्यै प्रेमले मिठास् हुन्छ ।।
___
मुखमा रामै राम बगलीमा छुरा लगाएर ।
के पाँउन्छौ र पिठ्युँ पछी कुरा लगाएर ।।

सफल नभए पनि लागि रहनेछु निरन्तर ,
बरु हिड्न परोस् बेसहारा टहुरा लगाएर ।।

धन चहिदैन अटुट मुटुको माया दिनुस् ,
अमर को रहेको छ र सारी चुरा लगाएर ।।

ए ! यवाहरु हो अब देश परिवर्तन गर्नपर्छ ,
हिम्मत जुटाउ एकजुट हौँ पाखुरा लगाएर ।।

विशेष आभार: विरेन्द्र विवश सर प्रति

नेताहरु चिल्लो बोल्छन् घाँटीभरी माला लगाउछन्।
दिदैनन् रोजगार कारखाना बहिर ताला लगाउछन्।।

जब परदेशीछन् युवाहरु संस्कार भुल्छन् महोदय ,
रक्षा गर्ने धागो छोडी हातमा बाला लगाउछन् ।।

घरमा बुद्ध आमालाई सिटामोल किन्न पैसा हुन्न ,
विदेशमा छोरा बुहारी लुगा महङ्गो वाला लगाउछन् ।।

गर्दैन सकभर अध्यान फस्छ लागुपदार्थमा हेर ,
गर्छन् हत्याचार कस्ताकस्ता चाला लगाउछन् ।।

– मनिषा विश्वकर्मा ‘मनु’
टिकापुर, कैलाली

रचना संकलन संस्था जून तारा साहित्य समाज र मिडिया पार्टनर ओझेलका खबर डट कम रहेको छ। यी रचनाहरु जून तारा साहित्य समाजपोद्वारा सञ्चालित रेडियो कार्यक्रम ‘मनभित्र गुम्सिएका भावनाहरु’ मा वाचन गरिनेछ। साथै साहित्यकार विश्वकर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो