Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाज द्वारा संकलित गरिएका मुक्तककारहरुका मुक्तकहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हिम्मत साथ उभिएर बोल्छु पछाडिबाट टोक्छस केला
बसेको छु म खाडीमा बगाउँदैछु पसिना श्रमको बेला
नासिन्छ जब रोई कराई गरेपनि लौ नबुझ्ने उर्जाको
अपच भएछ मानव अवगुणको सौगात कस्ले देला।
– डिल्ली राज घिमिरे
अर्घाखाँची

भोक लागे थाङ्ग्रोबाट मकै ल्याई भुट्नुपर्छ
गल्ती भए आफैँलाई पिठो पार्न कुट्नुपर्छ
नत्र भने पुनः पुनः थुपारेर जुको बन्छ
देस चाट्ने लुटेराको आन्द्राभुँडी लुट्नुपर्छ
– नन्दलाल आचार्य
सिर्जनाकुटी, सिरहा

खुसी हुनु कत्ती नम्मान्नु है पिर चिन्ता डर सुनेपछी
म जलेको भिडियो खिच्न आउनु सकभर सुने पछि
पिर्य मान्छे तिमी घरमा कुखुरा काटेर मज्जाले खानु,
कहिँ कतै कोहि कसैबाट म मरेको खबर सुने पछि!
– पारस भट्ट ‘प्यासी’
मेलौली-२, बैतडी

सिंचाई
Forest
Ad.

“बा” डिग्रीको सट्टिफिकेट देशमा काम लागेन।
रोजगार गर्नलाइ नेताको पछाडि नाम लागेन।।
कहिले करारमा कहिले निजिमा पछारीदै गए।
महोदय लोक सेवाको अन्तर्वार्तामा दाम लागेन।।
– जि.एन. बुढा
आटिचौर-३, बाजुरा

विश्वास नदिलाएसम्म मुटुकाे टुक्रा सुम्पिन सक्नुहुन्न बाले
तिम्रो भरमा छाेडेपछि मेराे जिम्मा लिन सक्नुहुन्न बाले
यदि स्वीकार हुन्छ भने मात्र कुराे चलाउन आउनु प्रिय,
दाइजोकाे नाममा तिमीलाई केही दिन सक्नुहुन्न बाले।
– भावना न्याैपाने
मकवानपुर

तिमी भन्छौ पैसाले पैसा आउँछ त्यस्तै सुन आउँछ,
अरे साथी यहाँ पैसाले किनेर खै,समय कुन आउँछ,
दु:ख र पीर हुँदा केही मागे नि नदिने मान्छेहरु भन्दा
पाखुरा चलाएपछि बरु साँझ बिहान तिहुन आउँछ,
– सुशील वियोगी घायल
शिखर नगरपालिका-११, डोटी

सुरुमा त नजरबाट बोलचाल गरि रहन्छन्
चुम्बन गर्दै सँगै अङकमाल गरि रहन्छन्
मायामा जात भातको कुरा हुन्न भन्नेले नै
हैसियत र औकात सँग सवाल गरि रहन्छन्
– श्यामकुमार क्षेत्री “एकल यात्री”

Awareness by SKF

सहमति मै सम्बन्ध राखे पनि लागातार कसरि हुन्छ
अब आफै भन्नुहोस एक दुइ‌ तिन चार कसरि हुन्छ
हिजाे मन मिलुन्जेलसम्म मज्जाले मस्ति गर्नेहरु
आज मन मिल्न छाेडे पछि बलात्कार कसरि हुन्छ
– कृष जपरेल
दुर्गा थली गाउँपालिका-५, बझाङ

न मलाई शिर चाहिन्छ न प्रचुर चाहिन्छ
जीवन बिताउन मात्र मलाई हजुर चाहिन्छ
जति आश्वासन दिएर हिडे पनि समाजमा
तिम्रो जस्तो एक न एक घर जरुर चाहिन्छ।
– सावित्रा नेपाली सवु
बागलुङ

मित्रताको सम्बन्ध टुट्ला अन्धो हुनुपर्ला
होस् बेहोस् हुनेगरी कुट्ला अन्धो हुनुपर्ला
आँखा सम्म लगायो भने मेरी प्रियालाई
होसियार आँखा फुट्ला अन्धो हुनुपर्ला
– राजेश क्षेत्री निर्दोष
दार्चुला

संघर्षका पाईला सारिराख्नु ठीक हो मनन गरौं
जीवनको साहारा निडर र निर्भीक हो मनन गरौ
भन्ने गरिन्छ चरेस खानु तर हरेस कदापि नखानु,
असफलता नै सफलताको प्रतिक ह‍ो मनन गरौं।
– भोज विवश मगर
गैंडाकोट-३, नवलपरासी पुर्व

काँडाकै बिचमा सुगन्धित फुल हुन सक्छ
कहिलेकाहीँ त अन्जानमा भुल हुन सक्छ
मान्छेबाट नै सुधारका उपायहरु खोज्नुपर्छ,
भुल पनि ज्ञान प्राप्तिको स्कुल हुन सक्छ।
– लालकुमारी पुन मगर
अन्नपूर्ण-८, नाङ्गी, म्याग्दी

देख्न नसकिने अदृश्य मनकाे भारीले गर्दा हाे
राज्यले दिएको उस्तै खाले दिक्दारीले गर्दा हाे
नेपालमा बस्दा हरेक युवाहरू डिप्रेस हुने भनेकै
सयौं पटककाे असफलता र बेरोजगारीले गर्दा हाे
– सुनाखरी निर्मला आचार्य
नेर्पा-६, खाेटाङ्ग

पिउदै एक अन्जुली पानी हिडिरहनु पर्छ
दुनियाँ बस्छ्न खुट्टा तानी हिडिरहनु पर्छ
हाम्रै हातमा छ भोलिको सुनौलो भबिस्य,
जिन्दगीलाई यात्रा ठानी हिडिरहनु पर्छ।
– कन्चन कबिन जिम्बा
चौ.न.पा.-४, बसाहा, उदयपुर, हाल: मलेसिया

मारेर आत्मा अधुरो जिन्दगी जिएँ मैले
उसैले बुझेन जसको लागि जहर पिएँ मैले
गरिन कुनै सवाल जवाब बसि रहें मौन
फाटेको मन सिउन छोडी ओंठ सिएँ मैले।
– दिपक पनेरु
सागरनाथ,सर्लाही

भने इच्छा, रुचि छैन अनि चाहाना छैन
यार, यी खुसीहरु हाम्रो पोल्टामा छैन
परिस्थितिले यहाँसम्मको जोगि बनायो
माँ!पैसा कमाउन जानसमेत पैसा छैन।
– प्रदिप नेपाली
बिहादी-५, उराम,पर्वत

यादको भारी दिलमा राखेर ।
रमाउनु पर्छ मन शान्त पारेर ।
जिन्दगी छ सब छ मै संग छ
र त दुःख पनि जान्छ हासेर ।
– मगर मस्त
मुसिकोट नगरपालिका-८, रुकुम पश्चिम

बर्खा लाग्यो चुहिने छानोको डर लागेको छ पक्कि छैन हजुर छानोमाथि खर लागेको छ
थोरै त हाम्रो पनि सुनिदिए नि हुन्थे सरकार
त्यही चुहिने छानोको पनि कर लागेको छ
– अनुप जोशी
बैतडी

गर्मि याम छ सक्भर नदिनुहोला
आगलागिको हुन्छ डर नदिनुहोला
सानो गल्तिले भोलि ठुलो छेति हुनसक्छ
नानि बाबुलाई सलाई लाईटर नदिनुहोला
– रिदम बुढा ‘क्यानभास’
पोखरा जाजरकोट

जाँगर चल्दैन अल्छी गरी बहाना बनाउँछन्
समस्यादेखि जिन्दगी भरी बहाना बनाउँछन् ।
अञ्जानले अप्ठ्यारोमा सहयोग गर्छन् बरु
तर परिचितले अनेक थरी बहाना बनाउँछन् ।।
– सूर्य शुभचिन्तक
रुकुम पश्चिम, हाल वीरगञ्ज

यता मलाई अल्झाई तिमीले अन्तै माया लगाए भने
अब कसरी जिउनु सक्छु र खै! धोका मैले पाए भने
छुट्ने कुरा गर्दाखेरि पनि घरीघरी पागल जस्तै हुन्छ,
म आफैं मर्छु बरु छुट्ने दिनहरु नजिकै आयो भने ।
– आरुष्का तामाङ
ओखलढुंगा

मभन्दा अलिधेरै बुझ्ने,बनाउनुछ!
आधी तुफान सबैसँग जुध्ने,बनाउनुछ!!
हिड्नेको सन्तान आज गुड्ने भाकोछुम?
मेरो भावी सन्तानलाई उड्ने,बनाउनुछ!!!
– रेशम बुढाथोकी
शानपा-१३, सल्यान

साँचो मायामा पनि जालझेल कस्तो अचम्म
नियति हो या उनै दैवको खेल कस्तो अचम्म
हाँसो खुसी रोदन यस्तै जिन्दगीको भोगाइमा
निस्वार्थ प्रेममा पनि पास फेल कस्तो अचम्म‌।
– प्रदिप खतिवडा
खैरहनी ,पिपरा, चितवन

फिर्ता लैजाउ तिम्रा याद हरु नफर्किने गरि
छिनमै आइदिन्छन के गरु नफर्किने गरि
खुसि त तिमी अरु संगै भएकि थियौ
अब उसै सङ्ग गै जाउ बरु नफर्किने गरि।।
– धड्कन जैशी
अछाम

देख्न नसकिने अदृश्य मनकाे भारीले गर्दा हाे
राज्यले दिएको उस्तै खाले दिक्दारीले गर्दा हाे
नेपालमा बस्दा हरेक युवाहरू डिप्रेस हुने भनेकै
सयौं पटककाे असफलता र बेरोजगारीले गर्दा हाे
– सुनाखरी निर्मला आचार्य
नेर्पा-६, खाेटाङ्ग

अचेल रूप उस्तै लाग्छ चाल उस्तै लाग्छ
र यी आँखामा आँशुकाे ताल उस्तै लाग्छ
कयाैँ सपनाहरू बाेकेर परदेशतिर हिडियाे
अझै मनमा ठुलो दुःखकाे पर्खाल उस्तै लाग्छ
– केसर बाेहरा ‘संघर्ष’
सुदुरपश्चिम अछाम

तिमीलाइ चोटदिई मलम लाँउदैन चिन्ता नलेउ
अबदेखि तिम्रो पछिपछि धाँउदैन चिन्ता नलेउ
मलाई पनि त खोज्न्नु छ जिन्दगीमा नयाँ बाटो,
जाने छु अन्त-कतै फर्कि आँउदैन चिन्ता नलेउ
– जीवन जैशी

आजभोली मेरै तस्वीर छुदै बस्छौ अरे ।
आफ्नै आखा आसुले धुदै बस्छौ अरे।।
हिजो छुट्ने बेला हास्दै गएकी थियौ।
आजभोलि मेरै यादमा रुदै बस्छौ अरे।।
– पवन बोहरा
रुकुम पश्चिम, हाल: मलेसिया

हामी हिड्ने सेरोफेरो अछुतो बनायो
गरेर समाजले तेरो मेरो अछुतो बनायो
खै कुन युगमा छन् यि अन्धविश्वासिहरु
भन्छन् अझैँ पानी पँधेरो अछुतो बनायो
– रत्ना पुन मगर
रुकुम पश्चिम्

सुनकाे माला सुनकाे हार किन्न कहाँ सक्छ
ठुला ठुला सुनकाे दरबार किन्न कहाँ सक्छ
राखे पनि सुखहरू बेच्नलाई चाेक चाेकमा,
गरिबले त्याे तिम्राे बजार किन्न कहाँ सक्छ
– पबिन राेगी

आवश्यकता भन्दा ठूलो रहर लागेन ।।
तिम्रो नाम पछि ´बाबू`को थर लागेन ।।
तिमी पराई भयौ यो दिलमा बसेर पनि ।।
मलाई त्यसपछी कसैको नजर लागेन ।।
– बाबू दिल विक्रम शाही
जाजरकोट

परि आए बगाउन सक्थे मैले रगत तिम्रो लागि !
भाको रैछु म अहिले आएर गलत तिम्रो लागि!
फेसबुकमा मात्रै किन छुटिनु बोलाउनु अदालत”
गरिदिन्छु कागजमा पनि दस्ताखत तिम्रो लागी!
-जलेको मन सन्दिप घिमिरे
जैमिनी-७, बागलुङ

स्वार्थी” दुनियाँमा दैवले भाग्य लुटेको मान्छे मै हूँ !
हजारौँको भिडमा यात्रा” गर्दा छुटेको मान्छे मै हूँ !
अरे प्रेमको परिभाषा दिँदै प्रस्ताव” राख्छौ किन ?
कयौँ बर्ष अघि माया प्रेममा मन टुटेको मान्छ मै हूँ!
– मन हरायको मान्छे विष्णु सुनार
सिन्धुली

हिजो आज जिन्दगी पनि पर पर भाग्न थाल्यो
कलियुगमा मूर्दाहरू घरिघरि जाग्न थाल्यो
सर्वहाराको भागमा लुछाचुँडी गरेको देख्दा
सभ्य प्राणीहरू पनि पशु जस्तो लाग्न थाल्यो ।
– राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ, भारत

देखेर कठोर , घमन्डी बोली वचन बेच्नु पर्थ्यो।
पैसा नै सबथोक हो भन्ने रैछ चलन बेच्नु पर्थ्यो।
त्यसकारण पनि प्रेम प्रस्ताव राख्ने साहास गरिन
तिम्रो मन किन्नलाइ मैले मेरो गर्धन बेच्नु पर्थ्यो।
– उमेश खत्री
केपिलास गढी गा.पा.-४, बाक्सिला खोटाङ

कोमल भन्थे दिल तर धार हुँदोरहेछ !
मुटु बाट मुटु माथि प्रहार हुँदोरहेछ ।।
मेरो पनि मन टुक्रा टुक्रा बनाईदियो
कसैको त हेराई मै तरबार हुँदोरहेछ !!
– लाल सिंह सुनुवार
न . प . देवचुली न.पा .

थोपाथोपा मिलेर नै समुद्र बन्छ, यो नबिर्सनू
कमिला देखेर हात्ती पनि तर्सन्छ, यो नबिर्सनू
यात्रामा ढुङ्गाले ठेस लाउँदैमा गन्तव्य बिर्सिइन्न
भन्नलाई त दुश्मनले अनेकौं भन्छ, यो नबिर्सनू ।
– विक्रम तिरूवा सलिन
जुम्ला

हिड्दा हिड्दै पाइला,रुक्छ कुनै बेला
पानीको मुहान पनि त,सुक्छ कुनै बेला
आफुलाई कमजोर कहिल्यै ठान्नु हुदैन,
उज्यालो पार्ने सुर्य पनि,लुक्छ कुनै बेला ।।
– सन्जय अनुराग
बर्दिया

मेरै तर्फ होस् चोट खती अरु के भन्नु
सहिदिउँला सके जति अरु के भन्नु
भविष्य बनाउछु भन्दै लाग्यौ अर्कैतिर
सँधै भरी नै होस् उन्नति अरु के भन्नु?
– लक्ष्मी स्मृति

जिन्दगी कतै खोजेर पाइंदैन अमूल्य खास हुन्छ
कसैले सुःखमा बिताए कतै समस्यको रास हुन्छ
तिमिले भन्छौँ मरेपछी स्वर्ग भेटिन्छ मानिसलाई,
यस्तो सपना बोकेर नहिंड्नु समयको नास हुन्छ।
– सुरेशकुमार पाण्डे
घोराही-१८, दाङ

देशले मागे मेरो सारा खुन दिन सक्छु
आकाशका सूर्य अनि जुन दिन सक्छु
स्वाभिमान र राष्ट्रियताको लागि म त
आफू जलेर देश भक्तिको धुन दिन सक्छु
– युवराज दाहाल
इटहरी-८, सुनसरी

धन र रुपमा मन जाेड्न हतार हुन्छ,
काेही चाहिदैन तिनै सारा संसार हुन्छ,
मन ताेड्छ सम्बन्धबाटै कमाउनलाई,
अदालतमा न्यायको हार गुहार हुन्छ ।
– चित्रमान तामाङ
संखुवासभा, हाल: काठमाडौं

सम्पूर्ण मुक्तकहरु देशका विभिन्न रेडियोहरु मार्फत प्रसारण हुने कार्यक्रम ‘मनभित्र गुम्सिएका भावनाहरु’मा वाचन गरिने छ। ओझेलका खबर डटकम यस कार्यक्रमको मिडिया पार्टनर रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो