Hi-Speed Computer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा संकलित केही गजलहरु (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा संकलित केही गजलकारका गजलहरु यहाँ प्रस्तुत गरिएको छ:

देशमा लोकतन्त्र गणतन्त्र आए पनि हाल उस्तै छ
राष्ट्रवादका गहकिला भाषण दिएर नेपाल उस्तै छ

दुर्गम गाउँमा बालबालिका पढ्न भवन पनि छैनन्
स्वास्थ्य चौकी कर्मचारी विहिन अस्पताल उस्तै छ

Forest
Forest
Ad.

जिल्लाबाट बजेट ल्याउदा आधा बाटोमै खान्छन्
सरकारी भवन त बनायो हतारमा पर्खाल उस्तै छ

गाउँमा जनतालाई सधैँभर काममा मात्रै लगाउँछन्
ज्यालादारी नदिएर नै ठेकेदार भाग्ने चाल उस्तै छ

हिजो सम्म मेरो दिलमा डेरा जमाई बस्ने निष्ठुरीको
आज त पराईको त्यो अँगालोमा अंकमाल उस्तै छ
– गणेश बिष्ट बर्सात

सुन्दर रुप नदेखाउ दुनियाँकाे बजार लाग्छ
चन्द्रमा जस्तै टल्किने तिम्रो अनुहार लाग्छ

Awareness by SKF

मुखले मात्र दुई शब्द मीठो दिनुहाेस् बाेली
हजुरका हरेक शब्द शब्दमा आभार लाग्छ

बद्लिने काम नगर्नुहोस् मित्र मन दुख्दैमा
नदिलाई पनि एकदिन काम किनार लाग्छ

सधैं हत्यारा बलात्कारीहरु उम्किन्छन् यहाँ
किन ? अन्याय माथि सधैंअख्तियार लाग्छ

कतिसम्म नास्तिक भएर चलिरहने हाे तपाईं
झुक्नु हाेस् सबैभन्दा उत्कृष्ट नमस्कार लाग्छ
– केसर बाेहरा ‘संघर्ष’
सुदुरपश्चिम अछाम

प्रेम यतिसम्म मजबुत थियो।
र पनि मेरै विरुद्धमा उभियो।

साथी आफन्त सब बदलिए
बफादार त भाग्य निस्कियो।

अब के का लागि उजुरी गर्ने
प्रेमको फूल बाटोमा भेटियो।

याद आउँदैन र कहिलेकाहीँ
सम्झिन्छु भन्नेले नै बिर्सियो।

मेहनतले नपुगे पछि सहरमा
मेरै दिदीको जवानी बेचियो।
– प्रदीप नेपाली
बिहादी-५, उराम, पर्वत

थाहा छैन तिम्रो कस्तो तक्दिर, हुनेछ!
बाटो बिराउछौकी भनी सधैँ पिर, हुनेछ!!

जुनदिन तिमी आफ्नो खुट्टामा आफै उभिन्छौनी ?
तेहिदिन मेरो समाजमा ठाडो शिर,हुनेछ!!!

जस्ताको सन्तान तेस्तै भनी वचन खुबै लाएकाछ्न?
त्यो तिमिलेनै तोड्नुपर्ने जन्जिर,हुनेछ!!!!!

सधै अघि बढ्नु पछाडी नहेर्नु तिमिले?
फर्केपछी लड्नैपर्ने भिर,हुनेछ!!!!!!

बाउआमाले धौधौ जुटायको खोले खादै लेखपढ गर?
मेहनतले भोलि तिम्रो भागमा खिर,हुनेछ!!!!!!

मेरो जस्तो ठक्कर खानु पर्नेछैन तिमिलाइ?
गहिराइमा डुबे पनि उत्रिने तिर,हुनेछ
– रेशम बुढाथोकी

आकाशको अस्तित्व बचाईरहेछौ जुनतारा तिमीले।
साहित्यको उस्तै सम्हालिरहेछौ अभिभारा तिमीले।

धर्तीमा पनि ज्योति छरेर अन्धकार मेट्न मद्दत गर्दै,
सिर्जनाका फूल फुलाउन दिईरहेछौ साहारा तिमीले।

स्रष्टाका रचनाहरुलाई समान ढङ्गले स्थान दिंदै
सशक्त रुपमा बुलन्द पारिरहेछौ नारा तिमीले।

कहिले प्रकाशित गरेर कहिले मिठास आवाज दिएर,
सुखदुःखका पुछ्दै आईरहेछौ अश्रुधारा तिमीले।
– भोज विवश मगर
गैंडाकोट-३, नवलपुर

चल्दैन यो अनौठो तारेर जिन्दगानी
बल्दैन हेर आगो पारेर जिन्दगानी

जाँदैन दु:ख सारा देखेर मातृकाको
मीठो छ मान तिम्ले भारेर जिन्दगानी

कस्तो छ न्याय हेरी बेच्दै छ जानकीले
मान्दैन बात सारा मारेर जिन्दगानी

हुँदैन खेल मेरो धेरै त निष्ठुरीकै
बेरोजगार हुन्छौं बारेर जिन्दगानी

जानेर बोल आफै के के भएछु हेर्नु
बुझेन खात सँगै झारेर जिन्दगानी ।
– डिल्ली राज घिमिरे
अर्घाखाँची

सपनाकाे भिडमा विपना हराउँदा शुन्यता हुन्छ
आफ्नो मन आफैसंग छरिएर कता कता हुन्छ

कुराकाे छुरा हानेर खुट्टा तान्नेहरु बढ्दै जाँदा
मनमा धुम्म बादल लाग्छ आफैमा मौनता हुन्छ

श्रम पुजारी बन्नु पसिनाकाे सागरमा पौडिनु
उन्नतिकाे झुप्पा लाग्छ मेहनतमा क्षमता हुन्छ

इमान परिक्षण गर्ने यन्त्र बाेली व्यबहार हाे
शुद्ध बाेली व्यवहार गर्ने मानव देवता हुन्छ
– चित्रमान तामाङ
संखुवासभा, हाल: काठमाडौंमा

याे देशबाट बेरोजगारीकाे कहानी बाेकेर
परदेशी हुन बाध्य छ युवा राहदानी बाेकेर

जसरी हाम्रा सन्तति जिन्दगी खाेज्न पर पुगे
त्यस्तै रात पनि अल्मलिँदाे हाे बिहानी बाेकेर

साेचिरहन्छु एकान्तमा बसेर कहिलेकाहीँ
कसरी बस्दाे हाे शून्यमा बादल पानी बाेकेर

भन्छ देश बगाऊ पसिना यहि संभावना खाेज
उत्खनन गर बसेका्छु अनेकाैँ खानी बाेकेर

रवाफ नदेखाऊ गाँस ,बास र कपास म दिन्छु
पाेख यहीँ पसिना बाँचाै पुर्खाकाे निसानी बाेकेर ।
– कल्पना अधिकारी भण्डारी
भरतपुर, चितवन

तिमीसँग बुद्धि हुनसक्छ बल हुनसक्छ
जस्तोसुकै समस्या पनि हल हुनसक्छ

एकपटकको हारलाई हार सोचेन भने
सङ्घर्ष गर्नुस् एकदिन सफल हुनसक्छ

प्रयास गरिरह्यो भने शब्द कोरिरह्यो भने
हार भएको जिन्दगी गजल हुनसक्छ

बिगतलाई थोरै सोच्नुस् सोच्ने बेलामा
धेरै सोचियो भने आँसु ढल हुनसक्छ

थाहा छ म भँमरा हुँ रस चुस्दै हिडेको
अब बगैंचामा फूल उथलपुथल हुनसक्छ

जस्तो की समय सँगै बद्लियो भने मान्छे
बन्दी कैदी पनि एकदिन असल हुनसक्छ

कसैको दिलमा कसैको नजरमा परियो
यस्तै हुने हो भने निर्दोष पागल हुनसक्छ
– राजेश क्षेत्री निर्दोष
सुदुरपश्चिम दार्चुला, हाल: मलेसिया

बा अशान्त यो हाम्रो मनमा कहिलेदेखि शित्तल आउँछ
छोरा हामी दु:खीको मनमा त तनाब् मात्रै पलपल आउँछ।

तपाइँको गलत् कदमको यात्रा पनि छेकिन्छ मुखिया बा
जस्तो सूर्यलाई छेक्न पनि त आकाशमा बादल आउँछ।

अहिले तिमी साथमै छ्यौ र जिउँन पनि सहज् छ प्रियसि
यदि तिमीले साथ् छोड्यौ भने जिन्दगीमै हलचल् आउँछ।

हेर्नुस् त हाम्रो देशलाई भ्रष्टाचारको आगोले जलाइसक्यो
त्यो आगो मार्न न सुरक्षा कर्मि आउँछ न त दम्कल आउँछ।

प्रदेशिएको त्यो छोरोबाट बृद्ध आमालाई केही आउँदैन
श्रिमतीलाई भने मेक् अप् गर्न लिपिस्टिक् र गाजल आउँछ।
– राजन उप्रेती
तेह्रथुम

बरु ती पराईहरुले” साथ, दिदै सम्झाउने गर्छन् !
आफन्ताले नै वचन, लगाई मन दुखाउने गर्छन् !

मन “ढुङ्गा” जस्तो बनाउँछु भनेर सोचेको थिएँ !
ढुङ्गालाई पनि,त घनले हिर्काएर” फुटाउँने गर्छन् !

न तिनीहरु डाक्टर हुन” न कुनै धामीझाँक्री यार !
तर पनि मायामा एकोहोरो पागल बनाउने गर्छन्!

कसैले सम्बन्ध तोडेर साथ “छोडे नि पिर नलिनु !
साचो -माया गर्नैहरु :म: जस्तै मुस्कुराउँने गर्छन् !

तपाईं भगवान् -भगवान् भन्नुहुन्छ किन आखिर !
भगवानले पनि धेरै भक्तहरुलाई रुवाउने गर्छन् !
– सन्दिप घिमिरे
जैमिनी, जैदी, बाग्लुङ

दोषी जत्ति सबै खुल्ला बजारमा हुन्छ।
निर्दोषीहरु खैर बन्द कारागारमा हुन्छ।

अचम्मको कानुन पनि खै कस्तो हो?
यहाँ नियम बिपरित बारम्बारमा हुन्छ।

पैसामा जित हुन्छ, हारेको मुद्दालाई,
प्रमाण सहित त्यही आधारमा हुन्छ।

एकतिर हुन्छ दमन शोषण चित्कारसँगै,
अर्कोतिर सरकार बालुवाटारमा हुन्छ।

एउटा कथा बन्नेछ, समेटेर यथार्थ कुरा,
मिडिया र पत्रकार प्रचार,प्रचारमा हुन्छ।।
– गजल सहयात्री अल्का
धनकुटा

खै कस्तो नेतृत्व देशमा पैसाको छापाखाना चाहिने।
लागू नै नहुने संविधान धाराका त्यो पाना चाहिने।

राज गण प्रजा लोक कुन तन्त्रले के गर्यो र यहाँ
देश नङ्ग्याएर आफ्नो घर सुनको छाना चाहिने।

सबैले आ आफ्नै स्वार्थ सोचे उता ति गरीब भोकाए
सरकारी नुन पचाउन नि ज्युनार दाना चाहिने।

कुन शब्दले सम्मान गरौं ,आमाको चोली च्यात्नेलाई
छाती माथी कुल्चेर,त्यो बालुवाटारको आना चाहिने।

मै ठूलो मै जान्ने कानुन मेरै के चाहियो माननीय
नदिमा डुब्दा बचाउने जनता सबै साना चाहिने।
– भुपेन्द्र राना मगर
धादिङ

तिम्रो ती यादहरु पोको पारी जलाई दिन मन छ
मेरो जस्तै पीडा तिम्रो मनमा चलाई दिन मन छ

मलाई एकलो पारी धेरै टाढा टाढा गयो तिमी
तिम्रो मायाको बिरुवा फेदैमा ढलाई दिन मन छ

तिम्रो चरित्र हत्या गर्न खोजेको हैन मैले पढि सकेको छु
यहीँ मायाको निसानीमा जीवन गलाई दिन मन छ

माया प्रेममा सबै कुरा सहनु पर्छ रे मिलन र बिछोट
ओइलिएको फूलमा बिहानी पख पलाई दिन मन छ

तिमी डोलीमा सोर श्रीङ्गारले सजिएर गएको दिन
उपहार मेरो लास सलकाउन सलाई दिन मन छ
– श्याम कुमार श्रेष्ठ
कमल-४, झापा

ओझेलका खबर डटकम र धुँवाखोर मिडिया यस कार्यक्रमको मिडिया पार्टनर रहेको छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो