Smoking Causes Cancer

Awareness Campaign

कविता: चिस्यान, चिप्ले किराहरू र प्रदुषित वातावरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

– आर्त अकुलीन

यी चिप्ले किराहरू!
कहिले
चिस्यानमा हुन्छन्
कहिले
पोखरीमा हुन्छन्
कहिले
इनारको भित्र हुन्छन्
कहिले
तलाउमा हुन्छन्
कहिले भने
शिशिरमा घाम ताप्दै
त्यो बगरको
सुष्क चट्टानमा
मजाले
आराम गरिरहेका हुन्छन् !

अचेल
ती चिप्ले किराहरू!
कहिले
गाउँमा
कहिले
भिरको बाटोमा
कहिले
जङ्गलमा
कहिले
सहरका सडकमा
कहिले
सुनका आलिशान महलमा
आफ्नो पारामा
रमाइरहेका हुन्छन् !

सिंचाई
Forest
Ad.

यी चिप्ले किराहरू!
प्रत्येक यात्राका चिप्लिने गर्छन्
आफू चिप्लेर
जहिले अरूलाई पनि
चिप्ल्याउने गर्छन्
अनि मात्र
खुसीले रमाउँदै
मनका लड्डु
घिउसँग खान्छन् !

यो समय पनि
आखिर
चिप्ले किराको न हो
गाउँघर
अनि सडकदेखि
सहरसम्म
चिप्ले किराहरू छन्
फूलबारी
र खेतबारीमा उनीहरू
एकछत्र राज गर्छन्
बाहिर
एउटा देखिन्छन्
र भित्र अर्कै स्वरूप हुन्छन्
तसर्थ
चिन्न कठिन हुन्छ
यी चिप्ले किराहरू!
र यिनका
अनौठा प्रवृत्तिहरू !

यी चिप्ले किराहरू!
कोही
राता रङ्गका हुन्छन्
कोही
काला रङ्गका
अरूलाई देखेर
यिनीहरू
आफैँमा विलीन हुन्छन्
आफूलाई सघाउने
आफूजस्तै
चिप्ले किराहरू देखेमा
बाहिर आउँछन्
अमुक संवाद गर्छन्
चिप्ल्याउने
रणनीति तयार गर्छन् !

घरभित्र बाहिर छन्
घरभित्र पनि छन्
यी चिप्ले किराहरू!
घरभित्र
र बाहिर
यिनीहरूको शासन छ
प्रत्येक क्षेत्रहरूमा यिनीहरू
आफ्नो
आफ्नो शासन चलाउँछन्
र सोह्र दुना
आठ बनाउँछन्
र शून्यताको परिधिमा
विलीन गराउन रमाउँछन् !

Awareness by SKF

यी चिप्ले किराहरू!
मकैका किराहरूमा जस्तै
लक्षण देखिन्छ
बाहिर नदेखिए पनि
भित्र भित्रै अन्न सखाप पार्ने
काम गर्छन्
र त चलेको होला
यिनीहरूको हैकमवाद
अनि प्रत्येक बस्तीहरूमा
ताण्डव नृत्य !

आज सहजै देखिन्छ
गाउँमा
अनि सहरहरूमा
यी चिप्ले किराहरूको विचित्र राज
सहजै अनुमान गर्न सकिन्छ
यिनीहरूको चर्तिकला
सहजै अलख काट्न सकिन्छ
यिनीहरूको भविष्य
जहाँ
प्रत्येक बस्तीहरूमा
हिँजो सम्पूर्ण वातावरणलाई
दुषित बनाए थिए
अहिले समेत यिनीहरूले
दुर्गन्ध फिँजाएका छन्
आज फिँजाइरहेका छन्
र भोलि पनि आखिर
मेरो सेरोफेरो
र समग्र वातावरण
प्रदुषित बनाउने छन्!

– आर्त अकुलीन
देवाश्रम, कैलाली

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो