Smoking Causes Cancer

कविता: मृत्युदण्ड



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

– आयाम कार्की

मलाई मृत्युद्ण्डको सजाय दिनु अघि
म पुग्न चाहन्थे मेरो प्यारो
जन्मभूमी
हेर्न चाहन्थे ती हरियाली पहाड
हेर्न चाहन्थे सेता हिमालका लहर
र अङ्गालोमा बेर्न चाहन्थे
मेरो देश र मेरा प्यारा सन्तानहरु

हेर्न चाहन्थे म फर्केर आएको
मेरा बा आमाको अनुहारको खुशी
चुम्न चाहन्थे छोरा छोरीको
निधार
सुम्सुम्याउन चाहन्थे
जिवनसङ्गिनिका हातहरु
धित मरुन्जेल रुन्थे र हाँस्थे मेरा प्रिय व्यक्तिका सामु
पोख्थे मेरा मनका सारा सत्य कहानी

सिंचाई
Forest
Ad.

तर ! म
जिउँदो हुनु र मुर्दा हुनु बराबरी
होसमा हुनु र पागल हुनु एउटै
खानु र नखानुको उस्तै हाल
म दानव या ईश्वर
मलाई फाँसी दिनु
र नदिनुको पनि एउटै अर्थ
किनकी म सडिरहेको लास

तिमी मलाई झुण्ड्याएर मार
या गर्दन छिनाल
बिष देउ या अमृत
केही फरक पर्दैन
किनकी म त्यति नै बेला मरेको थिए
जतिबेला मलाई जेल छिराउदै थियौ
बाईस बर्ष अघि

मलाई अँध्यारो कोठामा झुड्याउ या
बिच बजारमा
पार्कमा देखाएर ढुङ्गाले हान
जिउँदै गाड
किनकी
मानिसहरु सङ्गै उभिएर
हेर्नेछन ईश्वरले पनि
मेरो मृत्युदण्डको सजाय

– आयाम कार्की
२०८०/०२/२०

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो