Smoking Causes Cancer

विनोद वि.क.को उपचारका लागि सकंलित रकम हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: क्यान्सर रोग पुष्टी भई हाल वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराईरहेका खेलाडी बिनोद बि.कको उपचारका लागि सकंलित रकम हस्तान्तरण गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई जिल्ला तथा प्रदेश स्तरमा भलिबल खेल खेल्दै आईरहेका बि.कको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग सकंलन अभियान थालिएको थियो।

मुसिकोट नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्री र मुसिकोट नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईद्धारा सञ्चालित अभियानमा देश विदेशबाट सकंलित १ लाख ७० हजार रुपैयाँ बि.कको परिवारलाई भरतपुर नै पुगेर हस्तान्तरण गरिएको हो।

सिंचाई
Forest
Ad.

यो पनि: गुल्मीको मुसिकोटका भलिबल खेलाडी विनोदलाई क्यान्सर, सहयोगका लागि अपिल

कुल सकंलित रकम २ लाख ३८ हजार भएपनि सम्पूर्ण बोल रकम अझै उठ्नेक्रम जारी रहेकाले उपचारमा केही सहयोग होस् भनेर उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा खत्रीसगैं मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, वडा नं ८ का पूर्व वडाध्यक्ष नारायण सापकोटा, युनिक खबरका प्रधान सम्पादक रामकृष्ण कंडेल लगायतको उपस्थिति रहेको थियो।

Awareness by SKF

विनोदको अहिले किमोथेरापी चलिरहेको छ । उनको स्वास्थ्यमा केही सुधार भएको पारिवारिक श्रोतले जनाएको छ । उपचारमा अझै पनि ठुलो धनराशी लाग्ने भएकाले सहयोगका लागि सम्पूर्णलाई अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया