Smoking Causes Cancer

समाजसेवी थापाद्वारा मृगौला पीडित देवाको उपचारका लागि आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: समाजसेवी लिल बहादुर थापाले आफ्नो गृह पालिकाकी मृगौला पीडित एक बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका थापाले आफ्नो जन्म ठाउँ खजुरा डिगाउँकै मृगौला रोगबाट ग्रसित देवा घर्ती मगरलाई उक्त सहयोग गर्नुभएको हो।

घर्तीको दुबै मृगौला फेल भई हाल नेपालगञ्जमा उपचाररत हुनुहुन्छ । विगत ३/४ महिनादेखि डायलोसिस सहित उपचार गराई रहनुभएका घर्तीको परिवारमा आर्थिक अभाव भएपछि थापाले अमेरीकाबाट उक्त सहयोग रकम पठाउनुभएको हो।

सिंचाई
Forest
Ad.

यो पनि: बडिगाडमा ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले एकल खर्चमा बनाई दिनुभयो घर

उक्त सहयोग रकम समाजसेवी थापाकी दिदी देउमती गुरुङ र भान्जा दान बहादुर गुरुङले घर्तीको परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । घर्तीको अवस्थाको बारमो आफुले जानकारी पाएपछि केही भएपनि उपचारमा राहत होस भनेर आफुले उक्त रकम पठाएको समाजसेवी लिल बहादुर थापाले हामी संगको कुराकानीमा बताउनुभयो।

नेपालका विभिन्न जिल्लामा रहेका गरिब, असहाय एवम् आर्थिक अभावमा उपचार नपाएकाहरुलाई लामो समयदेखि व्यक्तिगत रुपमा समाजसेवी थापाले थुप्रै सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिले आफ्नो व्यक्तिगत खर्चमा बाँकेको खजुरा गाउँपालिका र गुल्मीको मुसिकोट नगरपालिकाको एक विपन्न परिवारलाई घर निर्माण गरिदिदै हुनुहुन्छ।

यो पनि: समाजसेवी थापाको सहयोगमा सहाराविहिन लिलावतीको घर निर्माण कार्य तीव्र

Awareness by SKF

केही समय अगाडी बागलुङको बडिगाड गाउँपालिका वडा नं ४ मा ओढारमा बसेका एक परिवारलाई पनि उहाँले घर निर्माण गरिदिई हस्तान्तरण गर्नुभएको थियो।

यो पनि: समाजसेवी लिल बहादुर थापाले मुसिकोटका बेसहारा महले जिसीको घर बनाईदिँदै

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया