Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाडकी निरा हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: बिहीबार अर्थात मातातीर्थ औंशीको बिहान ९ बजे । उनले आमालाई सम्झिइन् र फेसबुक स्ट्याटस लेखिन्, ‘मेरी आमालाई यो संसारको सारा खुशी मिलोस्, अनि मलाई हरेक जन्ममा उहाँकै यो काख ❤️❤️happy mother’s day ????????’’

आमासँग अर्को जन्मको ‘काख’ का लागि प्रार्थना गर्ने नीरा पाण्डे यस्तो लेखेको ६ घण्टापछि अर्थात् दिउँसो ३ बजे सरस्वतीनगरस्थित आफ्नै पसलको काउन्टरमा बोराले छोपिएको अवस्थामा फेला परिन् । बोरा उघार्दा शरीर रगताम्य थियोे। प्राण थिएन ।

त्यहाँ भाडा पसल सञ्चालन गर्ने उनले आफ्नो पसलमा लामखुट्टे तथा कीरा धपाउने ब्याट आएको प्रचार गर्न दिउँसो १२ बजे एउटा टिकटक बनाइन् । त्यसलाई फेसबुकबाट पनि शेयर गरिन् । भनेकी थिइन्, ‘ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला ।’ ब्याट कति बिक्री भयो ? त्यसको हिसाब छैन । बरु, कोही आततायी हतियारधारी त्यहाँ पुग्छ ।

सिंचाई
Forest
Ad.

प्रहरीको प्रारम्भिक अनुमानअनुसार दिउँसो २ः३० देखि ३ बजेको बीचमा उनी धारिलो हतियारको शिकार हुन्छिन् । न चिच्याउन सकिन् न त अरु कुनै किसिमले प्रतिवाद नै गर्न सकिन् । उनी यसरी मारिइन् कि वरिपरिका कुनै पसलेले केही चाल पाएनन् ।

३ बजे आसपासमा उनकी एकजना महिला साथी पसलमा पुग्दा नीरालाई बोलाइन्, तर उनी बोलिनन् । हेर्दा उनी बस्ने गरेको काउण्टरमा बोरा देखिन् । मान्छे नबोलेपछि साथीले परैबाट बोरालाई नियालेर हेरिन् । त्यहाँ रगत जमे जस्तो देखेपछि अत्तालिइन् र वरिपरिका मान्छेलाई बोलाइन् । यसपछि बल्ल प्रहरीलाई खबर भयो, टोली पनि पुग्यो ।

प्रहरीले स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लग्यो । त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरे । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार हतियारधारीले नीराको घाँटीदेखि तिघ्रासम्म छुराले १८ भन्दा बढी ठाउँमा घोचेका छन् । अर्थात् ठूलै प्रतिशोध साँध्नका लागि शरीरका विभिन्न भागमा घोचीघोची मारिएको छ ।

ती प्रहरी भन्छन्, ‘अरु घटनामा छुराले हान्दा कि घाँटी रेट्ने, कि छातीमा हानेर मुटु अवरुद्ध पार्ने गरिन्थ्यो । यो घटना त्यस्तो छैन ।’ चक्कुले जहाँ-जहाँ घोचिएको छ, त्यहाँ-त्यहाँबाट अत्यधिक रक्तश्राव भएको उनले बताए। त्यसैले उनको हत्यामा संलग्न व्यक्ति निपूण अपराधी (सार्प क्रिमिनल) हुनुपर्ने अनुमान प्रहरीको छ ।

Awareness by SKF

‘शरीरको कुन भागमा प्वाल पार्दा बढी रगत निस्कन्छ भन्ने कुरा जानेको मान्छेले यो काम गरेको छ’, उनले भने, ‘मान्छेलाई खसी काटेजस्तो हैन, कुभिण्डो प्वाल पारेजसरी मार्ने काम भएको छ ।’ हत्याका क्रममा हत्या गरिने व्यक्तिबाट हुने प्रतिवाद वा चिच्याहट जस्ता कुरालाई नियन्त्रणमा लिन उनको मुखलाई बेस्सरी थुनिएको अनुमान गरिएको छ ।

‘एकजनाले मुख छोपेर, अर्कोले छुरा हानेको हो कि भन्ने बुझिन्छ’, प्रहरी भन्छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आइसकेको छैन । कसुरदार को हो भन्ने कुरा शुक्रबारसम्म निर्क्योल नभए पनि सामान्य झैं-झगडा वा कारणले यो घटना भएको विश्वास प्रहरीलाई छैन । हत्याका क्रममा पसलमा रहेको नगद वा जिन्सीमाथि कुनै क्षति पुर्याइएको छैन ।

त्यसैले आर्थिक विषयसँग सम्बन्धित घटना नहुनुपर्ने अनुसन्धानकर्मीको अनुमान छ । हत्यामा प्रयोग गरिएका व्यक्ति, हत्यापूर्व उनीहरुले अपनाएको सावधानी र हत्या कार्यको शैली हेर्दा उक्त घटना कुनै सामान्य कारणले नभएको उनीहरु बताउँछन् । किनभने घटना हुनुभन्दा केही समय अगाडिदेखि पसलमा रहेको सीसीटीभी बन्द भएको छ ।

सडकमा जडान गरिएको सीसीटीभीमा उक्त पसलको दृश्य देखिँदैन । त्यसपछि प्रहरीले घटनास्थल वरपरका अन्य घर तथा पसलका सीसीटीभी फुटेज संकलन गरेको छ । घटनास्थल अर्थात् भाडा पसल मूल सडकसँगै जोडिए पनि पसलको भित्री भाग लामो छ । काउन्टर पनि भित्रै छ ।

भित्रका दृश्य वा गतिविधि मूल सडकबाट झट्ट देखिनेखालको नभएका कारण वरपर होहल्ला हुन नपाएको अनुसन्धानरत प्रहरीको अनुमान छ । नीराको सरस्वतीनगरमा दुइटा पसल थियो । घटना भएको पसलमा उनी नियमित बस्ने गर्थिन् ।

पछि खोलिएको पसल रिलायान्स कलेजको अगाडि, देवदर्शन फार्मेसीसँगै छ, जहाँ उनका श्रीमान् योगेश आचार्य बस्थे । बिहीबार घटना हुँदा पनि पति योगेश त्यही पसलमा थिए । नीराले भन्दा पहिला इलेक्ट्रोनिक्स सामानको पसलमा उनको माइती खलक संलग्न थिए ।

सुकेधारामा उनका दाइको एलजीको इलेक्ट्रोनिक्स सामानको पसल छ भने कपनमा उनकी भाउजूले पसल चलाएकी छन् । नीराका पति योगेश आचार्य बाग्लुङको बडिगाड गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनको माइत अर्घाखाँची हो । उनीहरुको एक नाबालक छोरी छन् ।

सरस्वतीनगरमा उनीहरुले भाडा तथा इलेक्ट्रोनिक्स पसल चलाउन थालेको १० वर्षभन्दा बढी भयो । नीराले आफ्नो बोलाइने नाम ‘निरु’ बाट सुरु गरेको व्यवसायले छोटो समयमै मुनाफा दिएपछि केही वर्षदेखि अर्को पसल पनि सञ्चालन गरिएको स्थानीय बताउँछन् । नीराको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार उक्त घटनाका विषयमा अनेक अनुमानहरु गरिए पनि पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्ने अवस्था नरहेको बताए । घटनाको कारण र शैलीबारे स्थानीयवासीका विभिन्न अनुमान सुनिए पनि सत्यतथ्य छिट्टै पत्ता लाग्ने उनको भनाइ छ।

घटनाको अनुसन्धान गर्न प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले एसपी रवीन्द्र रेग्मीको संयोजकत्वमा टोली खटाएको छ । जिल्ला प्रहरी परिसर टेकुले इन्स्पेक्टर राजन लामाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ । ‘हामी सबै कोणबाट अनुसन्धान गर्दैछौं, छिट्टै निष्कर्षमा पुग्छौं’, एसपी रेग्मीले भने, ‘अहिलेसम्म हामी तथ्य र प्रमाणहरुको संकलनमै छौं।’ – नेपाल प्रेसबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया