Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा मातातिर्थ औंसीको अवसरमा संकलित आमा प्रति समर्पित मुक्तकहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा मातातिर्थ औंसीको अवसरमा संकलित आमा प्रति समर्पित विभिन्न साहित्यकारका मुक्तकहरु यहाँ प्रस्तुत गरिएको छ।

मिडिया पार्टनर: ओझेलका खबर डट कम र धुवाखोर मिडिया

आफू भोकै बसेर मलाई दूध भात खुवाउने आमा हुनुहुन्थ्यो
म रोएको बेला त्यो काखमा राखि खेलाउने आमा हुनुहुन्थ्यो
सबैले आमाको मुख हेर्ने दिन भन्छन् म एकान्तमा गएर रुन्छु
भुइँमा हजारौं पटक लड्दा हिड्न सिकाउने आमा हुनुहुन्थ्यो
– गणेश विष्ट बर्सात
अछाम जिल्ला साँफे
बगर नगरपालिका ११

सिंचाई
Forest
Ad.

मलाई यो सुनौलो संसार देखाउने देवी हुन् आमा
आफु भोकै बसेर मलाई खुवाउने देवी हुन् आमा
कसरी वर्णन गरौँ खै,!आमा भन्ने शब्दलाई मैले,?
नौ महिना कोखमा राखेर जन्माउने देवी हुन् आमा।
– श्याम कुमार श्रेष्ठ
झापा
हाल: काठमाडौं

आमाको जस्तो सन्तान प्रति योगदान पाइदैन
निस्वार्थ माया र ममता दिने पहिचान पाइदैन
आमा भगवान, धर्ती माता, जननी ठान्नु पर्छ
आमा जस्तो खोज्दा संसारमा कहिँ महान पाइदैन ।
– तारा घिमिरे
सङ्खुवासभा

मसँगसँगै आँसु खसाउने मेरी आमा हुनुहुन्छ
आफ्नो काखमा बसाउने मेरी आमा हुनुहुन्छ
रुवाउने हजार भए पनि यो पापी दुनियाँमा
एकमात्र मलाई हँसाउने मेरी आमा हुनुहुन्छ
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा

झुत्रो झाम्रो लाउछिन र,नि मेरी आमा खास लाग्छ।
बस्छिन गाउमै बारी खनी मेरी आमा खास लाग्छ।
उता सर्बोकृष्ट सुन्दरीको पहिचान भै रहदा।
जुनतारा भन्दा पनि मेरी आमा खास लाग्छ।
– कन्चन कबिन जिम्बा
चौ.न.पा.४ बसाहा,उदयपुर
हाल: मलेसिया

Awareness by SKF

साच्चिकै धेरै नै महान छिन मेरी आमा
त्यसैले त सबैको सान छिन मेरी आमा
यो संसारलाई जित्ने म उनी सँग हार्छु
हेर्नुस त कति बलवान् छिन मेरी आमा
– विनोद थापा वृयन
कमल गाउपालिका १ झापा
सरङ्पाडा

सबैभन्दा महान रहेछ आमा तिम्रो मायाँ।
संसारकै सान रहेछ आमा तिम्रो मायाँ।।
धर्ती माता,सृष्टि कर्ता सँधैसँधै पुज्नुपर्छ ,,
वास्तविक भगवान रहेछ आमा तिम्रो मायाँ।।।
– भोज विवश मगर
गैंडाकोट ३, नवलपरासी पुर्व

सन्तानको पिर मर्म बुझ्ने अरु को छ र आमा बिना
लाग्दैन साँच्चिकै खुसी हुन्छु भन्ने भर आमा बिना
मैले युगौंयुग लगाएर पनि आमाको ऋण तिर्न सक्दिनँ
आउदैन जिन्दगीमा सफलताको लहर आमा बिना
– विक्रम तिरूवा सलिन
जुम्ला

आमाको काख पाउन्जेल लाग्छ उच्च शिरमा हुन्छ म।
मनमा अनेकौं तरङ्ग चल्दा भने गम्भीरमा हुन्छ म।
जन्मायौ,हुर्कायौ,बढायौ सकेजति पढायौ पनि आमा,
दुुधको भारा तिर्न सक्दिन अनि पिरमा हुन्छु म।
– लाल कुमारी पुन
अन्नपूर्ण ८,नाङ्गी गाउँ म्याग्दी

दुःख पीरमा पनि झुटो मुस्कान छर्ने आमा जस्तो
कोही नहुदो रहेेछ निस्वार्थ माया गर्ने आमा जस्तो
यत्तिको महान को बन्न सक्ला र अरु यो दुनियाँमा
आफ भोको रहेर सतानको पेट भर्ने आमा जस्तो
– हिमा आर सी
मेहेलकुना सुर्खेत

फेरिए पनि समय बदलिए पनि हाल देखेको छैन
नगर्नुहोस् हुने नहुने बेकारमा सवाल देखेको छैन
महोदय, मलाई मेरै आमाको काखमै छोडिदिनुस,
आमाको काख भन्दा ठुलो अस्पताल देखेको छैन ।।
– राजन विश्वदीप
बारबर्दिया ११ बर्दिया

कहिले जल्न पर्छ, कहिले जलाउन पर्छ
मान्छे जन्मे पछि घाटमा आउन पर्छ
घरको दु:ख, अभाव कहाँ भाग्छ भाग्छ
बस,मेरी आमा मज्जाले मुस्कुराउन पर्छ।
– प्रदिप नेपाली
बिहादी ५ उराम,पर्वत

सम्झिएर तिमीलाई यस्तो केर्दैछुँ
लाग्छ बिना प्राण मैले श्वास फेर्दैछुँ
सबैतिर छाउँदा यो मातातिर्थ औँशी ,
भक्कानिदै आमा !तिम्रो तस्विर हेर्दैछुँ!
– अन्जु तिमल्सिना घिमिरे
ललितपुर

लौरी संगै बृदाअबस्थामा लागेकि आमा महान लाग्छ
सन्तानका लागी हरेक कदम चालेकि आमा महान लाग्छ
मन्दिरमा सजिएका ति पथ्थरहरुका भगवान भन्दा
नौ महिना आफ्नो कोखमा राखेकि आमा महान लाग्छ
– मिसन शर्मा बाईबाई
गुर्भाकोट नगरपालिका ४ सुर्खेत

छन् थुप्रै प्रमाण सपुत बुझी दिनुहोस्
अब म बताउँदै छु खुद बुझी दिनुहोस्
आमाकै हात छ हामी जन्मनु र हुर्किनुमा
अमुल्य छ, आमाको दूध बुझी दिनुहोस्
– रत्ना पुन मगर
रुकुम पश्चिम्

मातातीर्थ औसी आउँदा मन रोको छ आमा
प्रदेशमा दुख पाउँदा मन रोको छ आमा
काखमा राख्दै पालेउ ममताकि खानी
एक्लै आसु बगाउँदा मन रोको छ आमा।
– धड्कन जैशी
अछाम

बाँचा गरी कसम खाई बाँच्ने बनाई देऊ
आफैं संग होला दबाई बाँच्ने बनाई देऊ
मेरै आयु थपेर भगवान मेरी आमालाई
केही बर्ष ढुक्क बनाई बाँच्ने बनाई देऊ
– हुकुम पुन मगर जलेको आत्मा
सानीभेरी गा पा ७ रुकुम पश्चिम

नाेै महिना काेखमा राखी जन्माउने तिनै आमा हुन्,
ताते ताते गरि हात समाई हिडाउने तिनै आमा हुन्।
हजाराै दु:ख पिडाहरू मन भित्र लुकाई राखे पनि,
सन्तानकाे निम्ति खुशी दिलाउने तिनै आमा हुन् ।
– अमृत मगर
तुलसीपुर, दाङ।
हाल वीरेन्द्रनगर, सुर्खेत।

हितकारीको समृद्धिमा यिनै गातालाई सलाम छ
उज्यालो यो धर्तीमा टेकाउने दातालाई सलाम छ
राम भन्दा पनि पूज्य हुने सदा यिनै मुस्कान भरी
सदैव प्रणाम है मेरो जन्मदिने मातालाई सलाम छ ।
– डिल्ली राज घिमिरे
भुकिकास्थान ९
अर्घाखाँची

तिम्रो तस्वीरलाई हेरेर नै संधै यो मनलाई बुझाउँछु,
आमा संधै तिम्रै यादहरूमा कैयौं आँसु बगाउँछु,
सानै छँदै खै कसको भरमा टुहुरो बनायौ मलाई
मातातीर्थ औंसीमा सभ्झना मुटु समिप पाउँछु।
– नीता गुरूंग भाटिया
असम , भारत

सधैंभरि तिम्रो माया लाउछ मेरि अामा
हरपल ती यादले सताउछ मेरि अामा
सधैंभरि तिम्रो तस्बिर वरिपरि अाइदिदा
मनमा हर्ष अनि खुसि छाउछ मेरि अामा
– इन्दिरा थापा
उदयपुर , ताम्लिछा

यो सन्सार लाई,,,देखाउने त आमा हुन।
सुख दुखमा सधै,,,रमाउने त आमा हुन।।
तिमी दुइ दिन फेसबुकमा सजाएर के गर्छौ।
जिन्दगी भर मनमा सजाउने त आमा हुन।।
– जि.एन बुढा
आटिचौर०३बाजुरा

सुखमा थाह छैन दुखपर्दा आस तिम्रै लाग्छ आमा।
कसैकाे हैन संसारमा माया खास तिम्रै लाग्छ आमा।
रच्याै पृथ्वीमा ल्याई वातावरण संगै रमाउन सिकायाै
शरीर मात्रै हैन अबत मैले फेर्ने सास तिम्रै लाग्छ आमा।
– सावित्रा नेपाली सवु पारिजात
बागलुङ

नसोध्नुस् मलाई आमा बिनाको हाल के हुनसक्छ
ल…तपाई भन्नुस् अब यो मेरो सवाल के हुनसक्छ
सन्तान नबोल्ने हुदाँ पनि समस्या बुझ्नुहुन्छ आमा,
आमाको काख भन्दा ठूलो अस्पताल के हुनसक्छ ।
– राजन विश्वदीप
बारबर्दिया ११ बर्दिया

जन्मिएकै दिन माटोको चन्दन लाएको हुँ
आमाबाकै सामिप्यताले जीवन पाएको हुँ
तिमी भगवान् मेरो तिमी नै हौ संसार आमा,
तिमी थियौ र पो त यश धरामा आएको हुँ ।
– सुरेन्द्र शाही ‘गुलाब कान्छो’

शब्द हो आमा अति कर्ण प्रिय लाग्ने
उनकै डाकमा त सबै परिवार जाग्ने
माया संसारमा एकमात्र माया खानी
पुर्नजन्ममा पनि आफ्नै आमा माग्ने ।
– कार्की डिबी माकुम
सुनवल, नवलपरासी

सम्पूर्ण जगतकी आँमा ममताकी खानी हुँन्,
मोरो हृदयकी उनै जन्मदाता राजधानी हुँन्।
कुनै चिज निस्वार्थ छ भने याहाँ पानी , हवा,
अनि उनै आँमा शब्दहरू मात्र नै महानी हुँन्।
-सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आफू कष्ट सहेर सन्तानमा बात्सल्य दर्शाउछिन्
सबै सन्तानलाई बराबरी आशिर्वाद बर्साउछन्
विद्या ज्ञान सधैं बाड्ने भण्डार हुन् आमा ज्ञानकी
खर्च विवेक मिलाएर सन्तानलाई श्रद्धाले फर्साउछन्
– अम्बिका अधिकारी
झापा विर्तामोड

मलाई यो सुन्दर संसार देखाउन , मेरी आमा हुन् ।।
आफ्नो दुखमा पनि मुस्कुराउने , मेरी आमा हुन् ।।
जस्तो सुकै परिस्थिति आओस् अप्ठ्यारो परोस् ।।
तर सधै घरको इज्जत बचाउने , मेरी आमा हुन् ।।
-बाबू दिल विक्रम शाही
शिवालय -६ थालारैकर जाजरकोट
हाल: मलेसिया

एकदिन सम्झेर हुन्न आमालाई बात्सल्यको खानी बुझ्नु पर्छ,
जिउँदा साक्षात देवी हुन् जीवितमा नै सबैले संधै पुज्नु पर्छ,
मरेपछि चढाउँछौ पिण्डमा नानाथरी परिकार पाउँछ कस्ले,
आमाको पाउमा अमृत आशिर्वाद श्रध्दाले शीर झुक्नु पर्छ।
– शरद प्रधानाङ्ग, विराटनगर-७

आमा हाै घरकी यथार्थ रचना, हामी सबैकी धन
आत्माबाट दिएर यो ममता, रितिन्न तिम्रो मन
खोज्दैछिन्अतिनै खुशी हरघडी,सन्तानका खातिर
आमाका महिमा रचेर रचना ,को सक्छ आफै भन
-कल्पना अधिकारी भण्डारी
भरतपुर २१

डोरि खोज्दा सल भेटेपछि आमा सम्झेको हु
भित्तामा झुन्डेको फोटो देखेपछी आमा सम्झेको हु
म जिन्दगी देखि पटक पटक हरेस खाएको मान्छे
आत्म हत्या गर्न पत्र लेखेपछि आमा सम्झेको हु
निर्मल

संसारमा सबैलाई जन्म दिने आमा हुन्
पालन पाेषण गरेर केही नलिने आमा हुन्
यस्ताे त्यागकाे मूर्ति अन्यत्र कतै पाइएला?
हरेक काममा रातदिन बतासिने आमा हुन्
-नवराज भट्ट
कञ्चनपुर

आमाको महिमा छाओस् हरेक बिहानीमा
अनन्त रहोस् प्रेरणा,त्याग,मायाको प्रणालीमा
दोष सारा पाएपनि , ठूला बज्रपात आएपनि,
कुनै ममता घट्ने छैन , सन्तान अनि माइतीमा ।
– प्रेम थापा “मन”बागलुङ

संसारकै राम्री रानी हुन् आमा
मायाकी अपार खानी हुन् आमा
निस्वार्थ प्रेम, ममता ,प्रेरणा दिने
प्राणदाता, जिन्दगानी हुन् आमा।
– सुन्दर विजय ओझा
पोखरा -३०, कास्की
हाल तारकेश्वर १०, काठमाडौं ।

दु:ख जति आफू लिई मुस्कान सारी दिने आमा हुन्
सन्तानको खुसिको लागि आफ्नो रहर मारि दिने आमा हुन्
स्वच्छ तन ,मन अनि ज्युदो साक्षेत भगवान आमा बुबा
सन्तानको खुसीको निम्ति सधैं हारी दिने आमा हुन्।
– सरु श्रेष्ठ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया