Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा सञ्चालित कार्यक्रम ‘मनभित्र गुम्सिएका भावनाहरु’मा वाचन गरिएका गजलहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा संकलित केही गजलकारका गजलहरु यहाँ प्रस्तुत गरिएको छ:

दिदीबहिनी दाजुभाइ बुहारीलाई नयाँ वर्षको शुभकामना
आमा-बुवा घर-घरकी नारीलाई नयाँ वर्षको शुभकामना

गरिब अशक्त दलित अपाङ्ग ती टुहुरा र बेसहारा लगायत
सुरक्षाकर्मी पत्रकार व्यापारीलाई नयाँ वर्षको शुभकामना

सिंचाई
Forest
Ad.

एउटा सानो फाइल पास गर्न पनि लाखौंको घुसपैठ गर्ने
पापको धन थुपार्ने कर्मचारीलाई नयाँ वर्षको शुभकामना

यहाँ निर्मला जस्ति हजारौं बहिनीकोअस्मिता लुटेर भाग्ने
यो धर्तीकै बोझ बलात्कारीलाई नयाँ वर्षको शुभकामना

विकासको नाममा जिल्लाबाट बजेट ल्याएर पैसा खाने
गाउँका र नगरका ठेकदारीलाई नयाँ वर्षको शुभकामना

रोजगारी नपाएर प्रमाणपत्र दराजमा राख्न बाध्य हुने
म जस्तै लाखौं बेरोजगारीलाई नयाँ वर्षको शुभकामना
-गणेश विष्ट बर्सात

Awareness by SKF

गार्‍हो भयो मलाई बेग्लै सफर भए नि
भुल्नै सकेन मनले भुल्ने रहर भए नि ।।

तस्बिर नयनले खिच्दै दिलमा सजाइ राखेँ
उनको नजरहरूमा माया गदर भए नि ।।

साँचो गरेर माया एकपल्ट हेर्नू स्वयम्
भाग्ने रहेछ आफै मन भित्र डर भए नि ।।

माफी दिएर मैले स्विकार गर्छु सोच्थेँ
जुठो नमानी तिम्रो जुठो अधर भए नि ।।

आनन्द मिल्छ यो पल कृपा गरे कसैले
सुनेर मर्न मन थ्यो उनको खबर भए नि ।।
हरि कंडेल
नवलपरासी

घामको किरणमा लाली घसेर आओस् नयाँ वर्ष
मिर्मिरेमै मिठो सुगन्ध छरेर आओस् नयाँ वर्ष

पढेर कहिले नसकिने अभ्यास हो हाम्रो जिन्दगी
सजिलै पढ्न सक्ने सुत्र बनेर आओस् नयाँ वर्ष

सधैं हर्ष उल्लास उमंग खुसियाली बोलाएर यता
मनको पीर ब्यथा त्यतै छोडेर आओस् नयाँ वर्ष

सबै नेपालीको मनमा सुख शान्ति छाओस् सधैं
नयनको आँसुका भेलहरू छलेर आओस् नयाँ वर्ष

यहि नै छ मेरो नव वर्ष २०८० सालको शुभकामना
चिताएको मनकामना सबै पुगेर आओस् नयाँ वर्ष
– श्याम कुमार श्रेष्ठ
कमल गा.पा:-४, जीवनचोक, झापा
जन्म: ओखलढुंगा मानेभनज्याङग

चेतनाका लहरहरु भरिदेउ नयाँ बर्ष तिमीले।
खुशीका रङ्गहरु छरिदेउ नयाँ बर्ष तिमीले।

विगत बिर्सिएर वर्तमान र भविष्यको ख्याल गर्दै,
देश विकासमा टेवा गरिदेउ नयाँ बर्ष तिमीले।

विभेद अनमेल र असन्तुष्टिलाई फ्याँक्दै
समानतामा अघि सरिदेउ नयाँ बर्ष तिमीले

तेरोमेरो तछामछाड,वैरभावलाई त्यागेर,
दुखका सारा चिज हरिदेउ नयाँ वर्ष तिमीले,

म होइन हामी भन्ने सोंचको विस्तार गर्दै,
हर्षोल्लास बोकी शरण परिदेउ नयाँ वर्ष तिमीले।
– लालकुमारी पुन
अन्नपूर्ण-८, नाङ्गी गाउँ म्याग्दी

राणा कालको जस्तै शासनलाई ढाल्ने हो नयाँ वर्षमा
राम्रो राम्रो युवाको विचारलाई मात्र पाल्ने हो नयाँ वर्षमा

हाम्रो देश नेपालमा भ्रष्टाचारले मात्रै जरो गाडेर बसेको छ
आऊ हातमा हात राखी त्यो जरोलाई फाल्ने हो नयाँ वर्षमा

कहिले सम्म पुरानो पुस्ताको मात्रै बाटो हेर्ने हामीहरुले
नयाँ नयाँ जोस जाँगर सहित केही थाल्ने हो नयाँ वर्षमा

बिरुवा रोप्ने मात्र काम भयो हेरचाहा गर्न सकेन कसैले
ती बोट बिरुवालाई मिली मिली पानी हाल्ने हो नयाँ वर्षमा

सधैं भरी कति धमिलो मन पारेर बसिरह्छौं साथी तिमी
अब सँगै सँगै रमाई मनको धमिलो पखाल्ने हो नयाँ वर्षमा
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा

चेतनाका लहरहरु भरिदेउ नयाँ बर्ष तिमीले।
खुशीका रङ्गहरु छरिदेउ नयाँ बर्ष तिमीले।

विगत बिर्सिएर वर्तमान र भविष्यको ख्याल गर्दै,
देश विकासमा टेवा गरिदेउ नयाँ बर्ष तिमीले।

विभेद अनमेल र असन्तुष्टिलाई फ्याँक्दै
समानतामा अघि सरिदेउ नयाँ बर्ष तिमीले

तेरोमेरो तछामछाड,वैरभावलाई त्यागेर,
दुखका सारा चिज हरिदेउ नयाँ वर्ष तिमीले,

म होइन हामी भन्ने सोंचको विस्तार गर्दै,
हर्षोल्लास बोकी शरण परिदेउ नयाँ वर्ष तिमीले।
– लालकुमारी पुन
अन्नपूर्ण ८ नाङ्गी गाउँ म्याग्दी

आँटेका कामहरु सफल बनोस नयाँ बर्षमा
गरिबका घरमा नि चुलो जलोस नयाँ बर्षमा

अब भित्ताको पात्रो अनि साल फेरिए जसरी
सबैजनाको जिन्दगी फेरियोस नयाँ बर्षमा।

यहाँ कोही अकालमा सजिलै मर्न नपरोस
हानिकारक रोगको निधन होस नयाँ बर्षमा।

सरकारले सधै प्रजाको हितमा काम गरोस
सुगन्धित फूलको बोट नमरोस नयाँ बर्षमा।
– प्रदीप नेपाली
बिहादी ५ उराम,पर्वत

यसै वर्ष जागिर मिलोस बेरोजगारीहरुलाई शुभकामना
मनले रोजेको मान्छे मिलोस हुनेवाला बुहारीहरुलाई शुभकामना ।।

कालो बजारी गरेर कालो धन कमाउनेलाई होइन महासय
सधैं पसिना बगाएर कमाउने व्यापारीहरुलाई शुभकामना ।।

यो साल सरकारको आँखा पुगोस् चौक अनि गल्लीगल्लीमा
मागेर जीवन बिताउनु नपरोस् भिखारीहरुलाई शुभकामना ।।

उच ,निच ,कालो , गोरो नभनी सबैलाई समान दृष्टिले हेर्ने
महान हृदय भएका ईमानदार र उपकारीहरुलाई शुभकामना ।।
– अम्बिका अधिकारी
झापा बिर्तामोड

लर्खराउने हात छ्न यिनै समाई दिनु नयाँ वर्षमा
छोडी धन दौलत सम्मान कमाई दिनु नयाँ वर्षमा

कित्ता काटी प्रभावशाली भाव छ्न दायाँ बायाँ
सोँची सजाय हितमा आफै घमाई दिनु नयाँ बर्षमा

प्रयोजनमा यहाँ पक्कै मौलिक हक होलान हेर
केही न भनि खाँली हातमा थमाई दिनु नयाँ बर्षमा

विरक्तियर हिडेको धेरै बर्ष भै सक्यो हेरे तिमिलाई
उस्तै छ नैतिकता मनोबल जमाई दिनु नयाँ बर्षमा

आत्म शास्त्रीका समाचार मुटुमा सधै उछाल हुने
मित्रताको परिभाषा दिदै रमाई दिनु नयाँ बर्षमा ।
– डिल्ली राज घिमिरे
भुमिकास्थान-९, अर्घाखाँची

रङ्गीचङ्गी बनोस हाम्रो नयाँ वर्षमा।
फलदायी होस हाम्रो नयाँ वर्षमा।

सुशासनका लागि सिङ्गो राज्यले,
गरोस उद्घोष हाम्रो नयाँ वर्षमा।

नविनतम् कर्महरुले सारा नेपालीमा,
सफलता दिलाओस् हाम्रो नयाँ वर्षमा।

दृढ सङ्कल्प लिएर थपिंदै जाओस्
उर्जाशील जोस हाम्रो नयाँ वर्षमा।

हरेक परिस्थिति सम्हाल्दै जिन्दगीका,
घरबार चलोस हाम्रो नयाँ वर्षमा।।
– भोज विवश मगर
गैंडाकोट-३, ढोडेनी नवलपुर

अतितलाई भुलि खुसि साथ मनाउनु नयाँ बर्षा ।
नकारात्मक हटाई सकारात्मक बनाउनु नयाँ वर्षा।

हत्या हिंसा अहङकारि भेदभाव सधैंभरि हटाएर
एउटा नमुना उदाहरण जस्तै जनाउनु नयाँ बर्षा।

थिचोमिचो तेराे मेराे यस्तो उस्तो आजैबाट छाडेर
सम्पुर्ण मानवमा धेरै माया खनाउनु नया बर्षा।

देश विकासमा सुधार भई सबै सबै समान मान्दै
गरिब दुखि निमुखालाई आयस्रोत छनाउनु नयाँ वर्षा।

समृद्ध नेपाल बनाेस शान्तिपूर्ण रहाेस बाताबरण
घुसखाेरिजति लाई कानुनबमोजिम हनाउनु नया बर्षा।
– सावित्रा नेपाली सबु पारिजात

टुप्पो होईन पहिले धरातल बलियो कसोस् नयाँ वर्षले
दरबार मात्र होईन झुपडीमा खुसी फलोस् नयाँ वर्षले

नाराले त समृध्दी शिखर चढ्यो व्यवहारमा देखिएन
नेताको खबरदारी लोकमा उत्साह रहोस् नयाँ वर्षले

आश्वासनको पोकाले जनताको मनलाई छुन सकेन
कालो बादल बर्षेपछिको उज्यालो छरोस् नयाँ वर्षले

कोहि छैनौ पराई यहाँ हामी सबै हौं नेपाली दाजुभाई
पहाडमा जाडो हुँदा तराईले ताप थपोस् नयाँ वर्षले

म होईन हामी भएर बाँचौ हिमाल, पहाड अनि तराई
तराईमा गर्मी हुँदा छहारी पहाड बनोस् नयाँ वर्षले।
– शरद प्रधानाङ्ग, विराटनगर-७

सबैको घर घरमा खुसी छाओस्
यो नयाँ वर्षले उमंग ल्याओस्

हिजका तिता , नमिठा पलहरु
बिर्सेर अघि बढ्ने जोस आओस्

भएका दु:ख अनि रोग नास भइ
जीवनमा नयाँ पालुवा पलाओस्

यत्ती भन्छु , गरिब दु:खीहरुलाई
दु:खको भारले कैल्यै नरुवाओस्

शुभकामना छ, सबै-सबै जनमा,
२०८० सालले दु:ख बिर्साओस् ।।
– रिता खराल
गैडहवा गाउँपालिका, रुपन्देही

दु:ख कष्ट हटी सारा हर्ष बनोस्
नव बर्ष सफलताको बर्ष बनोस्

नजाउन् खेर अथक प्रयासहरु
सफलता चुम्ने त्यो संघर्ष बनोस्

बनुन् सोच जीवनमा खोज नयाँ
कटुताको नाता बिमर्श बनोस्।

कामना स्वस्थ सुखी जीवनको
चमक चेहराको “सुन्दर”दर्श बनोस्।
– सुन्दर विजय ओझा
पोखरा-३०, कास्की
हाल तारकेश्वर-१०, काठमाडौं


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया