Salime Malika Krishi Farm

Awareness Campaign

इस्माको बुल्ममा सामुदायिक स्वास्थ्य इकाई संचालन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी:  गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्ममा बुल्म सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्धाटन गरेसँगै स्वास्थ्य इकाई संचालनमा आएको हो ।

जनजाति समुदायको बाहुल्य रहेको अम्मरपुरको बुल्म क्षेत्रमा स्वास्थ्य संस्था नहुँदा बिरामीहरु उपचारको लागि टाढाटाढा जान बाध्य हुनुभएको थियो । जसअन्तर्गत गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य इकाईको स्थापना गर्ने उल्लेख गरेअनुरुप त्यसको कार्यान्वयन गरिएको हो ।

बुल्मका स्थानीय धनपती नेपालीले स्वास्थ्य इकाईको स्थापनाले बुल्मवासीलाई निकै राहात हुने बताउनुभयो । उहाँले सामान्य बिरामी परेको समयमा पनि उपचार पाउन नसक्ने बुल्मवासीले अब समयमै उपचार पाउने अपेक्षा राख्नुभयो ।

सिंचाई
Forest
Ad.

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ । उहाँले डाक्टरहरु निरन्तर स्वास्थ्य संस्थामा भएपछि बिरामी हुँदा पनि ढुक्क भएर उपचार गर्न पाउने बताउनुभयो ।

बुल्मकै छविलाल कुमाल पनि जनजाति समुदायमा गाउँपालिकाले प्राथमिकताका साथ स्वास्थ्य इकाई स्थापना गर्नु सकारात्मक रहेको बताउनुभयो । जातिय आधारमा पछाडि परेकाहरुलाई स्वास्थ्यको पहुँचमा गाउँपालिकाले ल्याएको छविलालको भनाइ छ ।

अम्मपुरका वडाध्यक्ष ढाल बहादुर कुँवरले जनजातिको बाहुल्य रहेको बुल्म सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य इकाई स्थापना गर्न सहजीकरण गरेको बताउनुभयो । उहाँले सबै नागरिकलाई सेवा लिन समेत आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य सुनिता जिसीले नागरिकको मौलिक अधिकार अनुसार स्वास्थ्यको पहुँचमा ल्याउन गाउँपालिकाले गरेको कदम स्वागतयोग्य रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सेवा लिन आग्रह गर्नुभएको छ ।

Awareness by SKF

गाउँपालिकाले एक अहेव, एक अनमि र एक कार्यालय सहयोगी सहित स्वास्थ्य इकाईको स्थापना गरेको छ । इकाईमा शुक्रबारबाटै सेवा शुभारम्भ गरिएको छ । सामुदायिक स्वास्थ्य इकाईको उद्धाटन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको भन्दै बुल्म क्षेत्रमा इकाईको स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी उपाध्यक्ष कुँवरले गाउँपालिकाबाट वार्षिक नीति तथा कार्यक्रममा समेटेरै इकाईको स्थापना भएको बताउनुभएको छ । ‘हामी नागरिकको स्वास्थ्यमा संवेदनशील छौं’ उहाँले भन्नुभयो, “सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन इकाई संचालनमा ल्याएका छौं ।” स्वास्थ्य इकाई उद्धाटन कार्यक्रममा बुल्मवासीको बाक्लो उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया