Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा नगरपालिकाले दियो जिल्ला अस्पताललाई डायलासिस मेसिन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन उपलब्ध गराएको छ। शुक्रबार विश्व स्वाथ्य दिवसको अवसर पारेर पालिका प्रमुख खिलध्वज पन्थीले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।

पन्थीका अनुसार र डायलासिस मेसिन संचालनको निम्ति नगरपालिकाले जनशक्तिलाई तालिममा पठाइसकेको छ। ‘क्रमशः पूरा गर्दै छौँ,निर्वाचनमा गरेका वाचा अनि कार्यपालिका निर्णयहरू, मिर्गौलाका बिरामीहरू बढिरहेको अवस्थामा जिल्लावासी आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा हामी स्वास्थ्य क्षेत्रमा केन्द्रित छौँ,’ नगरपालिका प्रमुख पन्थीले भने।

यो कार्यले गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा रहेका मिर्गौला बिरामीहरूलाई डायलासिस सेवाले राहत पुग्ने छ। जनशक्ति प्रशिक्षित भएपछि केही दिनमा नै जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु हुने नगरप्रमुख पन्थीले बताए। रेसुङगा नगरपालिकाले ६५ लाख ३६ हजार रुपैयाँमा पाँच वटा मेसिन खरिद गरेको बताएको छ

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया