साहित्यिक चौतारी नेपाल को नवौं वार्षिकोत्सब फागुन २७ गते गरिने
साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सब फागुन २७ गते भव्यताको साथमा सम्पन्न गरिने भएको छ।नेपाली साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा क्रियाशील रहदै आएको संस्थाको नवौं वार्षिकोत्सब मनाउने भएको छ।
वार्षिकोत्सबको अवसरमा चौतारी अंक ५ तथा इजरायल शाखा सदस्य सिन्धु पौडेलको कृति `मृत सागरको उचाइबाट´कविता संग्रह विमोचन,शाखा तथा स्रष्टा सम्मान साथै शाखा प्रतिनिधिहरुको रचना वाचन लगायत अन्य थुप्रै कार्यक्रमहरु तय गरेको छ।
कार्यक्रम मा प्रज्ञाप्रतिष्ठान कुलपति भुपाल राईको प्रमुख आतिथ्यता रहने छ भने अन्य विशिस्ट व्यक्ती हरुको उपस्थित रहने आयोजक संस्था साहित्यिक चौतारी नेपाल केन्द्रीय समितिले जानकारी दिएको छ।
यो खबर गिरीजा कुँवरको सहयोगमा साहित्यिक चौतारी नेपाल कोशी प्रदेश शाखा सचिव श्याम कुमार श्रेष्ठले पठाउनु भएको छ। कार्यक्रम हुने समय र स्थान स्थान:-प्रज्ञाप्रतिष्ठान तोलादी (पारिजात हल) समय:-१२:३० बजे मिति:-२०७९/११/२७ गते
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







