अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न पाल्पा, बुटवल, काठमाडौं जानु पर्ने बाध्यता छ। जिल्लामै विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको छ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो। शिविरमा न्यूरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नशा, बाल रोग, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी) सेवा राखिएको थियो।
त्यस्तै ओएनएफ एस (मुख) स्वास्थ्य सम्बन्धी, भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटिकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको थियो। शिबिर गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै छिमेकी जिल्ला अर्घाखाँचीका नागरीकहरुको लागि लक्षित गरेर आयोजना गरिएको थियो।
रेसुङ्गा नगरवासीसँगै जिल्लाका सबै नागरिकको स्थास्थ्य परिक्षण र विभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरिकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर राखिएको नगरपालिकाले जनाएको छ। घर छेउमै विभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ।
यहिँ सेवा लिन पाल्पा, बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले तम्घासमै विशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए।

शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो। रेसुङ्गा नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनु भयो।
नागरिकको स्वास्थ्यलाई विशेष ख्याल राखेर नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएरै विशेषज्ञ सेवा समेत दिन थालिएको नगरप्रमुख पन्थीले भनाई छ। स्वास्थ्य शिबिरमा जिल्लामा हाडजोर्नी, नसा र मुटु रोग सम्बन्धीका बिरामी धेरै भेटिएका थिए।
हाल जिल्लामा सामान्य उपचार बाहेक विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने अवस्था रहेको छ। अहिले गुल्मी जिल्लावासीको उपचार गर्दै आएको गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसुती सेवा बाहेक अन्य रोगको विशेषज्ञ डाक्टरहरु छैनन्।
जिल्लामा भौतिक संरचना अभावले पनि बिशेषज्ञ सेवा दिन कठिन रहेको छ। जसको लागि अहिले गुल्मी अस्पतालमा साढे पाँच तलाको अत्यधुनिक अस्पताल भवन निर्माण हुन थालेको छ।
जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेला बेलामा हुने बिशेषज्ञा डाक्टरहरु सहितको शिबिरले केहि हदसम्म बिरामीलाई सहज हुनेछ। सुविधा सम्पन्न अस्पताल नभएकै कारण कयौं नागरिकहरु जिल्लाबाट बसाइँसराइ समेत गरेका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










