Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७८-०७९ को संघिय सशर्त अनुदानमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर २ र ८ का महिलाहरुले सेनेटरी प्याड बनाउने तालिम लिएका हुन्। नगरपालिकाको जम्मा २ वटा वडाबाट १९ जना महिलाले तालिम लिएको उद्यम सहजकर्ता नविन कुँवरले जानकारी दिनुभयो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा र रेसुङ्गा नगरपालिकाको आयोजनामा उद्यमी सिर्जना गर्ने उदेश्य राखिएको छ।

सिंचाई
Forest
Ad.

तालिममा सहभागिहरुले नगरपालिकाले उद्यमी बन्न र रोजगारको वातावरण सिर्जना गर्न दिएको तालिमले आफूहरुलाई भविष्यमा उद्यमी बन्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । तालिममा सहभागिहरुले तालिम पूर्ण नभएको हुँदा नगरपालिकाले अझै तालिमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड् दिएका थिए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले तालिम लिनु मात्र ठूलो करा नभई व्यवहारमा उर्तान आग्रह गर्नुभएको थियो।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सेनेटरी प्याड उत्पादन र गुणस्तरिय बनाउने जिम्मा प्रशिक्षार्थीले लिए बजारको व्यवस्थापन रेसुङ्गा नगरपालिकाले लिने बताउनुभयो । “रेसुङ्गा बासी नागरिकहरुलाई रोजगारीको सिर्जना गर्ने, स्वदेशमा नागरिकलाई दिगो रुपमा टिकाउने र गरिबी अत्य गर्ने आफ्नो पहिलो काम भएको नगरप्रमुख पन्थीले बताउनुभयो।

हरेक नागरिक घरमै बसेर रोजगारी प्रात्त गर्ने वातावरण सिर्जना उद्यमी बनेर बन्न सकिने बताउनुभयो। साथै तालिममा सहभागि महिलाहरुलाई नगरप्रमुख पन्थी आवश्यक परे जस्तोसुकै सहयोग गर्ने तर उद्यमी बनेर देखाउनु पर्ने बताउनुएको छ।

Awareness by SKF

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र तालिममा सहभागि महिलाहरुको उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया