Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा रेबिजको त्रास



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीका गाउँमा अहिले रेबिजको त्रास तिव्र रुपमा बढेको छ। कुकुरको टोकाईबाट रेबिजको पुष्टि भई व्यक्ति र पशुचौपाया मरेपछि स्थानीयहरु त्रसित छन्।

जिल्लाको गुल्मीदरबार गाउँपालिका-६, फर्सुवाकी ४० वर्षीया रजुन शाहको रेबिजका कारण मृत्यु भएको थियो। त्यसपछि पशुचौपायमा पनि रेबिजको पुष्टि भई मर्नेको सङ्ख्या बढ्दो छ। जसका कारण गुल्मीदरबार र छत्रकोटका गाउँमा रेबिजको त्रास बढिरहेको छ। गएको मङ्सिर ११ गते कुकुरले टोकेपछि शाहलाई पुस ९ गते रेबिज पुष्टि भएको थियो।

कुकुरले टोकेपनि बेवास्ता गर्दा शाहको पुस ११ गते मृत्यु भयो। त्यसपछि केही दिन रेबिजको त्रास हराएर गयो। तर, पुसको अन्तिम साता गाउँमा घरपालुवा जनावर बिरामी भएर मर्न थाले। परिक्षणको क्रममा जनावरमा रेबिज पुष्टि भयो । त्यसपछि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र अर्र्घाखाँचीमा रेबिजको त्रास बढ्दै गएको हो।

सिंचाई
Forest
Ad.

रेबिजका कारण छत्रकोट गाउँपालिका–५ का व्यवसायिक किसान डालप्रसाद पन्थीका दुई भैंसी मरे । गुल्मीदरबार गाउँपालिका-४ का बाबुराम कँडेलका पनि दुई भैंसी मरे । पन्थी उन्नत जातमा भैंसीको मुल्य तिन लाख नोक्सान भयो । कँडेलको पनि त्यस्तै मुल्य बराबरको घाटा लाग्यो । मरेका भैंसीको परिक्षण गर्ने क्रममा रेबिज पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख भरत काफ्लेले जानकारी दिए । उनका अनुसार रेबिज पुष्टि भएपछि अहिले गाउँमा रेबिज बिरुद्धको खोप दिने र परिक्षण गर्ने काम भइरहेको छ।

रेबिज पुष्टि भएपछि समस्या व्यापक रुपमा बल्झदै गएको छ । डालप्रसाद पन्थीको फर्ममा अहिले १४ भैंसी छन् । भैंसी मरेर भन्दा पनि रेबिज पुष्टि पछिको त्रासले दुध विक्रीमा समस्या भइरहेको पन्थीले बताए । “भैंसी मरेपछि परिक्षण गर्दा रेबिज पुष्टि भयो” उनले भने, “रेबिजका कारण दुध बिकेन, छिमेकीले घृणा गरे अनि सम्बन्धित निकायले हेरेन।” पन्थीको फर्मबाट दैनिक २५ देखि ३० लिटर दुध खेर गइरहेको छ । गाउँमा रेबिजको त्रासका कारण पन्थीको फर्मबाट खपत हुने दुध रोकिएको छ । गुल्मी मात्र होइन, छिमेकी जिल्ला अर्घाखाँचीमा पनि रेबिजको उस्तै त्रास छ । घरपालुवा जनावरहरु मर्न थालेपछि परिक्षणको क्रममा रेबिज पुष्टि भएपछि त्रास बढिरहेको हो।

शनिबार मात्र पनि कुकुरले छत्रकोट-५ का ८ वर्षीय आशिष बिकलाई टोकेको छ। बिकलाई रेबिज विरुद्धको खोप लगाइएको छ। कुकरमा परिक्षण गर्दा रेबिज पुष्टि भएपछि कुकुरलाई बाँधेर राखिएको गाउँपालिकाका पशु चिकित्सक टेक बहादुर खनालले जानकारी दिए। सोही वडाका वडाध्यक्ष रामप्रसाद कँडेलले रेबिजको त्रास निरन्तर बढिरहेको बताए । उनका अनुसार गाउँमा भेटिएका ५१ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ।

रेबिजको त्रास बढ्नुको कारण स्थानीय सर्वसाधारणको लापरबाही हो । कुकुरले टोकेपछि रेबिज बिरुद्धको खोप लगाएको भए र टोक्ने कुकुरको निगरानी गरेको भए रेबिज त्यतिखेरै साम्य हुने अर्घाखाँचीका स्थानीय स्वास्थ्यकर्मी बकरत मियाँ बताउँछन। कुकुरले टोकेपछि पनि बेवास्ता गरेका कारण बिस्तारै दुई जिल्लामा रेबिजको त्रास बढेको मियाँले बताए।

Awareness by SKF

गुल्मीदरबार गाउँपालिकाले मृतक शाहमा रेबिजको पुष्टि भएपछि गाउँमा रेबिज विरुद्धको खोप लगाउन थालेको छ। जसले गर्दा अबको केही समयमै त्रास साम्य हुने गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले बताए। उनका अनुसार मृतक शाहको घटनाबारे छानविन भइरहेको र रेबिजको त्रास कम गर्न काम भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र गाउँपालिकाका स्वास्थ्य शाखाको सक्रियतामा सम्पर्कमा आएकाहरुलाई रेबिज विरुद्धको खोप लगाउने र रेबिजको त्रास छिट्टै साम्य गर्ने काम भइरहेको छ।

गाउँगाउँमा पशु चिकित्सक र स्वाथ्यकर्मीलाई खटाएर रेबिज बिरुद्धको खोप लगाई त्रास कम गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए। उनका अनुसार कुकुर नियन्त्रण नै मुख्य उपाय हो। गाउँमा सचेतनाका कार्यक्रमहरु पनि चलाइएको स्वास्थ्य प्रमुख आचार्यले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया