Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटको वामीमै विशेषज्ञ स्वास्थ्य सेवा सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: निजी क्षेत्रबाट सञ्चालित मुसिकोट नगरपालिका-७, वामीटक्सारमा रहेको लुम्बिनी वामी हस्पिटल प्रा.लि.ले प्रत्येक महिनाको दुई दिन विशेषज्ञ सेवा दिन सुरु गरेको छ।

विगत ५ वर्षदेखि लुम्बिनी मेडिकल कलेज प्रभाससगंको सहकार्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको अस्पतालले अब यस क्षेत्रका नागरिकलाई अझै थप विशेष स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले महिनाको दुई दिन विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा सेवा दिन थालेको लुम्बिनी वामी हस्पिटल प्रालिका अध्यक्ष अग्नीधर लोहोनीले बताउनुभयो ।

शिविरकै रुपमा सुरु गरिएको उक्त सेवाबाट बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियन,स्त्री तथा प्रसूती, हाड जोर्नी नशा लगायतका सेवा दिइने छ।

सिंचाई
Forest
Ad.

पौष १ गते नाक कान घाँटी रोग विशेषज्ञको सेवा सहित सुरु गरेको अस्पतालले पौष १५ गते जनरल फिजिशियन, पौष २९ गते प्रसुती र स्त्री रोग विशेषज्ञ सेवा सहितको शिविर सम्पन्न गरेको छ । त्यस्तै माघ १३ गते हाड जोर्नी नशा रोग विशेषज्ञ सहितको सेवा दिएको र यस क्षेत्रका थुप्रै बिरामीले सेवा लिएको सञ्चालक ज्ञानहरी सापकोटाले बताउनुभयो।

अब माघ २७ गते शल्यक्रिया, फाल्गुण १२ गते नाक,कान घाँटी रोग विशेषज्ञ सेवा, फाल्गुण २६ गते जनरल फिजिशियन, चैत्र १० गते स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा र चैत्र २४ गते हाड जोर्नी नशा रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।

अस्पतालले एक्सरे, भिडियो एक्सरे र प्रयोगशाला लगायतका सेवा समेत दिईरहेको छ।

मुसिकोट नगरपालिका-५, ईन्द्रेगौँणाबाट उपचारका लागि आउनुभएका रमेशचन्द्र खरेलले अस्पतालले वामीमै विशेषज्ञ सेवा पाउँदा खुसी लागेको बताउनुभयो। काठमाण्डौ उपचारका लागि जाने तैयारी गर्नुभएका उहाँले यस क्षेत्रका नागरिकहरुलाई बुटबल, पाल्पा जानुपर्ने बाध्यता हटाउन विशेषज्ञ सेवा आवश्यक रहेको र त्यो सेवा वामीमै पाउनुले समय र खर्च दुवैको बचत हुने बताउनुभयो।

Awareness by SKF

शिविरमा लुम्बीनी मेडिकल कलेज पाल्पाका हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन र रेडियोलोजी विशेषज्ञहरुको सहभागिता रहनेछ। अस्पतालले यो बाहेक २४ सै घण्टा एमबीबीएस डाक्टरबाट ल्यावसहित जनरल सेवा प्रदान गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया