Salime Malika Krishi Farm

Awareness Campaign

इस्मा गाउँपालिकामा पुष ३० गते निःशुल्क मुटु शिविर संचालन हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क मुटु शिविर संचालन हुँदैछ। गाउँपालिकाको वडा नम्बर २ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयमा पुस ३० गते निःशुल्क मुटु परिक्षण शिविर संचालन गर्ने भएको हो।

गाउँपालिकाले दिर्घरोगी र ६० बर्ष माथिका नागरिकको निःशुल्क मुटु परिक्षण गर्न लागेको गाउँपालिकाका प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन्। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघी मेलाको अवसर पारेर कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन्। उनका अनुसार साँस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दोहोरो फाइदा हुन्छ।

मुटु शिविरमा मुटुरोग विशेषज्ञ डा. सुमन्ता बञ्जाडे सहितको समूह आउँदैछ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले शिविरमा आउँदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन अनुरोध गरेका छन्। मुटु शिविरमा धेरै इस्मालीले सेवा लिने अवसर पाउने छन्। यो निःशुल्क परिक्षण पनि भएकाले धेरै नागरिकले सेवा लिने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए।

सिंचाई
Forest
Ad.

इस्मा गाउँपालिका नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेकोले निःशुल्क रुपमा स्वास्थ्यका विभिन्न शिविर चलाइरहेको पनि गाउँपालिकाका अध्यक्ष खड्काले बताएका छन्। – सुसम न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया