Place for ads

Awareness

कोभिड-१९ को नया भेरियन्ट र रेबिजका विषयमा गुल्मी जिल्ला प्रशासनको चासो



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मी प्रशासन कार्यालय गुल्मीले कोभिड १९ को नयाँ भेरियण्टबाट बच्न सबैलाई अनुरोध गरेको छ। छिमेकी देशहरुमा कोभिडको नयाँ भेरियण्टका कारण ठुलो मानवीय क्षति सुरु भएकोले संभावित जोखिमबाट बच्न प्रशासन कार्यालयले आग्रह गरेको हो।

यो विषयमा स्वास्थ्य मन्त्रालयले केहि दिन अगाडीनै सचेत बनाएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहिबार विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुसंग छलफल गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै सामाजिक दुरी कायम गर्न, माक्स, सेनिटाइजरको प्रयोग गर्न, भिड कम गर्न आवश्यक लक्षण देखिए स्वास्थ्य संस्थामा परिक्षण गर्न सवैको सक्रियता र सन्देश फैलाउने निर्णय गरेको छ।

Get Vaccinated

जिल्लाका १२ वटै पालिकाले कोभिड-१९ को नयाँ भेरियण्टका विषयमा अहिलेबाटै सचेतनामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। त्यस्तै कुकुर वा बन्यजन्तुले टोकेमा तुरुन्त गुल्मी अस्पताल पुगेर रेबिज विरुद्धको खोप लगाउने विषयमा सामुदायिक सचेतना जगाउने निर्णय पनि बैठकले गरेको छ।

कुकुर वा वन्यजन्तुले टोके घाउको उपचार मात्रै नभएर रेबिज खोप नलगाए व्यक्तिको ज्यान जाने र सोहि अवस्था गुल्मी दरवारमा भर्खरै देखिएकाले खोपमा प्राथमिकता दिन बैठकले सवैलाई आग्रह गरेको छ। कुकुरले टोकेपछि रेबिज खोपको उपलब्धता हुँदाहुँदै पनि मेडिकलको गैरजिम्मेवारी र सचेतनाको अभावमा गुल्मी दरबारमा एक जना महिलाले ज्यान गुमाएको विषय निकै दु:खद र सरकारको लागि लज्जाको विषय भएको भन्दै नागरिक समाजका संयोजक पदमप्रसाद पान्डेय र पत्रकार महासघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

यो पनि: गुल्मीकी एक महिलाको रेबिजका कारण मृत्यु

नागरिक कार्यक्रममा कोभिड १९ को नयाँ भेरियण्ट र रेबिजको बारेमा गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्या र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी गराएका थिए। कार्यक्रममा विपद व्यवस्थापनका विभिन्न बिषयमा पनि निर्णय भएको छ।

Awareness by SKF

शितकालिन विपद् पुर्वतयारी प्रतिकार्य योजना अनुमोदन गर्नुका साथै मनसुनजन्य विपदबाट प्रभावित नीजि आवास पुर्निमाण तथा पुर्नस्तापना ०७७ अनुसार पहिलो किस्ता लिएकाहरुलाई दोस्रो र अन्तिम किस्ता दिने निर्णय भएको छ।

जसका लागि केहि नयाँ मापदण्ड बनेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए। उनले मापदण्ड र प्राबिधिकका कारण केही समय भुक्तानीमा समस्या भएपनी अब नरोकिने बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया