गुल्मी: गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ। जिल्लामा हाडजोर्नी सम्बन्धी डाक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो। तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि सेवाग्रहीलाई सहज हुने भएको छ।
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर सहितको सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ। गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ।
जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको हो। गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ।
हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सम्झौता गरेका छन् । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ।
हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । यो सेवा गुल्मीमा सुरु भएपछि जिल्लासँगै छिमेकी जिल्लाका बिरामीलाई राहत पुग्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनु भयो।
बिभिन्न कारणले हाडजोर्नीका हड्डी भाचिएर बाङ्गो, हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका विरामीहरुले सेवापाउने छन्। हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आवश्यक सी-आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ।
अस्पतालका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताउनु भयो।
हाडजोर्नी उपचारका लागि एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी–आरएमलगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण आबश्यक पर्दछ।
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालेको छ। -प्रतिक खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










