गुल्मी: गुल्मीमा एचआईभी सङक्रमितकाे संख्या बढिरहदापनि नियन्त्रणमा स्थानीय तह उदासिन देखिएका छन्। जिल्लामा एचआईभी सङक्रमितकाे पहिचानका लागि रास्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, हाम्रो जीवन प्लस (इपिक) नेपालले काम गरिरहेका छन्। तर गुल्मीका स्थानीय तहसंग एचआईभी सङक्रमण नियन्त्रणसंग सम्बन्धित कुनै पनि कार्यक्रम र बजेट नभएको उनीहरूको आरोप छ।
गुल्मी अस्पताल एआर्टि काउन्सिलर पुष्कर घिमिरेले गुल्मीका कुनै पनि स्थानीय तहले चासाे नदिएको र यस बिषयमा काम गर्न समन्वय समेत नगरेको गुनासो गरे। उनले जिल्लामा रहेका सङक्रमित औषधिकाे पहुचमा एक्दमै कम आएको बताए।
जिल्लामा आर्थिक बर्ष २०७८/०७९ सम्म जम्मा १९२ जना औषधिकाे पहुँचमा आएका छन। ३३९ जना सङ्क्रमित रहेको जिल्लामा जम्मा १९२ जना अर्थात ५६ प्रतिशत सङक्रमित औषधिकाे पहुँचमा पुगेको देखिन्छ।
आर्थिक बर्ष २०७८/०७९ मा मात्र जिल्लामा नयाँ २० जना सङ्क्रमित थपिएका छन्।
एकातिर पहिचान भएका सङ्क्रमित औषधिकाे पहुचमा आउन सकिरहेका छैनन् भने अर्कोतिर सचेतनामुलक कार्यक्रम नहुदा प्रभावकारी कार्यक्रमको अभाव भैरहेको छ। पहिचान नै नभएका एचआईभी संक्रमितको संख्या कति छ र कसरी एचआईभी फैलाइरहेका छन् भन्ने तथ्याङ्क समेत नहुँदा यसले ठुलाे भयावह फैलाउन सक्ने रास्ट्रिय ग्रामीण तथा सामुदायिक बिकास केन्द्र (नार्डेक) नेपाल गुल्मीका निर्देशक रेसम कुवरले बताउछन।
एचआईभी सङक्रमितले ए. आर. टि सेन्टर विमाबाट नि:शुल्क हुने र भाइरल परिक्षण पनि गुल्मी अस्पतालमा हुने भएकाले नहिचकिचाइ उपचारकाे पहुँचमा पुग्न सरोकारवाला निकायको सुझाव छ।
गुल्मीका कुन स्थानीय तहमा कति छन् सङक्रमित?
सत्यवती गाउँपालिका: ५९
चन्द्रकाेट गाउँपालिका: १९
कालिगण्डकि गाउँपालिका: ४
रुरुक्षेत्र गाउँपालिका: ३७
छत्रकाेट गाउँपालिका: ४५
गुल्मीदरबार गाउँपालिका: २४
रेसुङ्गा नगरपालिका: ३५
धुर्काेट गाउँपालिका: २६
मदाने गाउँपालिका: १३
मालिका गाउँपालिका: १९
इस्मा गाउँपालिका: १९
मुसिकाेट नगरपालिका: ३९
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








