Smoking Causes Cancer

जसले खाए पाँच मिनेटमा डेढ किलो भन्दा बढी सुन्तला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: तपाई एक्कैछिन सोच्नुस् त, तपाई आफैले एक पटकमा कति सुन्तला खान सक्नुहुन्छ? अझ भनौँ तपाईले पाँच मिनेटमा कति सुन्तला खान सक्नुहुन्छ? सुन्दा अचम्म लाग्न सक्छ तर गुल्मीमा एक युवाले पाँच मिनेटमा डेढ केजी भन्दा बढी सुन्तला खाएका छन्। बिहीबार छत्रकोट गाउँपालिकाको अनमोल कृषक समूहले वडा नम्बर ३ लुम्छामा ‘छत्रकोट सुन्तला महोत्सव’ को आयोजना गरेको थियो।

यो पनि: गुल्मीको छत्रकोटमा आजदेखि ‘सुन्तला महोत्सव’

सोही कार्यक्रममा सुन्तला खाने प्रतियोगिताको आयोजना गरिएको थियो। कुल छ जना प्रतियोगी प्रतियोगितामा पाँच मिनेटको अवधिमा सबैभन्दा धेरै सुन्तला खान सक्नेलाई विजेता घोषणा गर्ने कार्यक्रम थियो। प्रतियोगीलाई दुई-दुई किलोको दरले सुन्तला दिइएको थियो। जसमा गाउँपालिकाको वडा नम्बर ४ दिगाम निवासी शुशिल खनालले एक किलो ६६५ ग्राम सुन्तला खाएर उत्कृष्ट पुरस्कार एक हजार जितेका छन्।

सिंचाई
Forest
Ad.

अर्का प्रतियोगी मनोज अर्यालले सोही अवधिमा एक किलो ४६० ग्राम, प्रेम पन्थले एक किलो ३४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरी प्रसाद कंडेलले ९६० ग्राम र रिजन पन्थले ४८५ ग्राम सुन्तला खाएको आयोजक झरना कडेंलले जानकारी दिइन्।

अनमोल कृषक समुहले छत्रकोटका सुन्तलाको प्रवद्धन र प्रचार-प्रसारका लागि बिहीबार सुन्तला महोत्सवको आयोजना गरेको समुहका अध्यक्ष विष्णु प्रसाद पन्थले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया